जाजरकोटमा ढिस्कोले पुरेर पतिपत्नीको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

स्वास्थ्य चौकी निर्माणका लागी बालुवा निकाल्ने क्रममा जाजरकोटमा पतिपत्नीकोे ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

नलगाड नगरपालिका ९ तात्रका ३६ बर्षिय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ बर्षिय कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गंभिर घाइते पति एक्कबहादुरको उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनले भने ‘पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गंभिर घाईते पतिलाई उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा मंगलवार राती खलंगा नजिक बाटोमै मृत्यु भएको हो ।’
खिरखिरे भन्ने ठाँउमा बालुवा निकाल्ने क्रममा घाइते कमला सिंह र तारा सिंहको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य छ । उनीहरुले बालुवा निकाल्ने क्रममा एक्कासी आएको ढिस्कोले पुरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad