कुमारी ट्रष्टले दियो जाजरकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण

राजेन्द्र कार्की । जाजरकोट

कुमारी ट्रष्टले जाजरकोट जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । पुर्वसाँसद राजिव विक्रम शाह अध्यक्ष रहेको ट्रष्टले अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेको हो । अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतलालई अध्यक्ष शाहले स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।

ट्रष्टले जिल्ला अस्पताललाई पाँच थान प्यासेन्ट बेड, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिभरी बेड, पल्स अक्सिमिटर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए । यी सामग्री करीब सात लाख बराबरका छन् । विश्वव्यापी कोरोना भाइरससंगको लडाई जित्नका लागि सरकारले गरिरहेका प्रयासमा आफुले पनि थप मद्दत गर्नका लागि कर्णालीका प्रदेश तथा जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको शाहले बताए । कोरोना भाइरस विरुद्धको लडाई जित्न सरकार, सबै राजनैतिक पार्टी र आम नागरिक एकजुट भएर लाग्नुपर्नेमा शाहले जोड दिएका थिए ।

bhumi-sanrakshyan

जिल्लाका नागरिकहरुका लागि कोरोना महामारीको वेला आफुले निर्वाह गर्नुपर्ने भुमिका र कर्तव्यलाई पुरा गरेको बताउदै अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले पुर्वसांसद शाहलाई हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन । निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको अध्यक्ष बस्नेतको भनाई थियो ।

कुमारी ट्रष्ट मार्फत पुर्वसांसद शाहले सुर्खेत स्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार हस्तारण गरेका थिए । त्यसैगरी जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पतालहरुलाई ३० लाख बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन । लामो समयदेखि अमेरिकामा बस्दै आएकी माया राणाले समाज सेवामा खर्च गर्नेगरी कुमारी ट्रष्टलाई गरेको आर्थिक सहयोगबाट कुमारी ट्रष्ट मार्फत कर्णाली प्रदेशमा आफुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको शाहले बताए ।

शाहले जाजरकोटमा कार्यरत नेपाल प्रहरी, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीलाई माक्स, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरेका छन् भने, पत्रकारलाई पनि मास्क हस्तान्तरण गरेका थिए । छेडागाड नगरपालिका–५ वडावनमा कुमारी ट्रष्ट मार्फत पाँच करोड भन्दा बढी लगानीमा २५ शैयाको सामुदायिक अस्पताल स्थापनाका लागी पुर्वाधार निर्माण गरेका शाहले जाजरकोटमा यो भन्दा अगाडी नै जिल्लाका सात वटै पालिकालाई सर्जिकल वेड लगाएतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरिसकेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya