कुमारी ट्रष्ट मार्फत करोड मुल्यका स्वास्थ्य सामग्री सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
कुमारी ट्रष्टले कर्णाली प्रदेशका विभिन्न अस्पताललाई एक करोड मुल्यका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टका अध्यक्ष तथा पूर्वसभासद राजीवक्रिम शाहले शुक्रवार सुर्खेतको बीरेन्द्रनगरमा उक्त सामाग्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन ।

सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

यस्तै जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पताललाई ३० लाख रुपैयाँ बराबरको सहयोग गरिरएको छ ।
हुम्ला (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल), मुगु (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर), डोल्पा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर), कालीकोट (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, प्यासेन्ट बेड) दिइएको छ ।

यस्तै दैलेख (डेलिभरी बेड, डेलिभरी भ्याकुम सेट), जाजरकोट (प्यासेन्ट बेड वीथ म्याटे«स, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिरी बेड) सल्यान (प्यासेन्ट मनिटर, अक्जिन कन्सन्टेटर) र रुकुम पश्चिम (प्यासेन्ट मनिटर, अक्जिन कन्सन्टेटर) दिइएको शाहले बताए ।

विश्व कोरोना भाइरस रोग (कोभिड¬–१९) को संक्रमणले आक्रान्त भैइरहेको वेला कोरोना विरुद्ध लड्नु सबैको साझा दायित्व र कर्तव्य ठानेर प्रदेश सरकारलाई उक्त सामाग्री सहयोग गरिएको शाहको भनाइ छ ।
भौगोलिक विकटताका साथै स्वास्थ्य पूर्वाधार र जनशक्तिको अवस्था पनि नाजुक रहेको कर्णाली प्रदेशमा यो रोगसँग लड्नु निकै चुनौतीपूर्ण भएको महशुस गरेर कुमारी ट्रष्टमार्फत सहयोग गरिएको शाहको भनाई छ ।

कोभिड¬–१९ को प्रकोपसँग लड्न बल पुगोस् भन्ने हेतुले लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएकी स्वर्गीय प्रभाकर समशेर राणाकी छोरी माया राणाले समाज सेवामा खर्चिने गरी ट्रष्टलाई आर्थिक सहयोग गरेकी थिईन ।

‘समाजसेवी राणाले आफ्ना स्वर्गीय पिताको वार्षिक पुण्य तिथिको अवसरमा ट्रष्टमार्फत सहयोग गरेको उक्त आर्थिक स्रोतलाई उनीसँग परामर्श गरी कर्णालीका अस्पताललाई पूर्वाधार युक्त बनाउने निर्णय गरिएको हो ।’ कुमारी ट्रष्टका अध्यक्ष शाहले भने ।

स्वास्थ्य सामाग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला गरिएको सहयोग सधै स्मरणिय हुने बताए । उनले सहयोगी दाता राणा र पहलकर्ता शाह दुवैप्रति आभार समेत व्यक्त गरे ।
कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले अस्पताललाई प्राप्त सहयोग सामाग्रीले कर्णालीबासीको उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

विषम परिस्थितिमा आर्थिक सहयोग गर्ने माया राणा, हौसला, सल्लाह, सुझाव दिने कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माप्रति हार्दिक उनले आभार पनि व्यक्त गरे ।
साथै शाहले कर्णाली प्रदेशका पत्रकार, नेपाल प्रहरी, स्वास्थ्यकर्मीलाई माक्स, सेनिटाइजर लगायतका सामान पनि प्रदान गरेका छन् ।
उनले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाल प्रहरीका डिआइजी बसन्तराज पन्तमार्फत उक्त सामाग्री दिएका हुन
कुमारी ट्रष्टले पाँच करोड बढी लागतमा जाजरकोटको छेडागाड ५ वडावनमा २५ शैया क्षमताको सामुदायिक अस्पताल स्थापनाका लागी पुर्वाधार निर्माण गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad