अवैध जाँड तथा घरेलु मदिरा नष्ट

बासुदेव शर्मा । जाजरकोट

लकडाउनको समयमा मदिरा खाएर होहल्ला गर्ने क्रम बढेपछि गाँउ गाँउमा छापा मारेर जाजरकोट प्रहरीले ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । मदिरा वनाउन प्रयोग हुने कच्चा पदार्थ जाँड र घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । भेरी नगरपालिका २ रिसाङ्ग, दारनेटा, पोखरा, बाहुनथाना, दारागाउँबाट अवैध घरेलु मदिरा एक सय १० लिटर मदिरा, मदिरा निर्माण गर्न प्रयोग हुने जाँड र आठ सय ५० लिटर नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहारी कार्यालय जाजरकोटबाट प्रहरी सहायक निरिक्षक निर्माण विकको कमाण्डमा गएको टोलीले भेरी नगरपालिका २ रिसाङ्ग, दारनेटा निरा विकको घरवाट १ सय ९५ लिटर जाँड, २० लिटर मदिरा २ थान भाँडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बसन्त विकको घरवाट १ सय ८० लिटर जाँड २० लिटर मदिरा २ थान भाँडा, सविन विकको घरवाट १ सय ५५ लिटर जाँड, ३५ लिटर मदिरा, २ थान भाडा नविन खत्रीको घरबाट १ सय ७५ लिटर जाँड २५ लिटर मदिरा, २ थान भाँडा गरि जम्मा ७ सय ५ लिटर जाँड र एक सय लिटर मदिरा ८ थान भाँडा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

bhumi-sanrakshyan

अवैध रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा लिएर प्रहरी कार्यालयको परिसरमा नागरिक समाज, बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको छ । मदिरा वनाउन प्रयोग हुने आठ थान भाँडा जिल्ला प्रहरी कार्यालमै राखिएको छ ।

त्यस्तै प्रहरी चौकी पाँचकाटियाबाट प्रहरी सहायक निरिक्षक जोरासिह खडकाको नेतृत्वमा गएकोे प्रहरी टोलीले भेरी नगरपालिका पोखरा, बाहुनथाना, दारागाउँ वस्ने भद्रे बुढाको घरबाट १० लिटर घरेलु मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कर्ण बहादुर थापाको घरबाट ४० लिटर विजय पुनको घरबाट ३० लिटर पर्से ताउलेको घरबाट २० लिटर नन्द मल्लको घरबाट ४० लिटर लिला चन्दको घरवाट २० लिटर गरी एक सय ५० लिटर जाँड र १० लिटर मदिरा नियन्त्रणमा लिएको हो ।

स्थानिय नागरिकहरुको घरबाट वरामत गरेको अवैध घरेलु मदिरा पाँचकाटिया प्रहरी चौकीले स्थानिय नागरिक समाज बुद्धिजिवी लगाएत सर्वसाधारणहरुको रोहवारमा पाँचकाटिया प्रहरी चौकीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya