बालबालिका तथा सुत्केरीलाई केडको राहत

राजेन्द्र कार्की । जाजरकोट

बालबालिका तथा सुत्केरीलाई एक संस्थाको पहलमा राहत वितरण गरिएको छ । कोभिड १९ महामारीका कारण लागु वन्दावन्दीवाट प्रभावितहरु महिला, किशोरी तथा वालअधिकार कार्यक्रमको कार्य क्षेत्र तोकिएका समुदायलाई जीवननिर्वाह सहयोग गर्ने क्रममा वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को सहयोगमा वहुआयामिक विकास तथा अध्ययन मन्चले राहत वितरण गरेको हो ।

नलगाड नगरपालिकाको वडा नंवर ८ पञ्चभयांर मा.वि.,जिकुवामा अध्ययनरत एक सय जना विपन्न बालबालिका र ६ जना सुत्केरी महिलाहरुलाई चामल, दाल, तेल, नून र चिनीसहयोग उपलव्ध गराइएको बहुआयामिक विकास तथा अध्ययन मञ्चका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताए ।

bhumi-sanrakshyan

त्यस्तै भेरी नगरपालिका वडा नंवर ९ दीपेन्द्र मा.वि., कालाभूर, आधारभुत विद्यालय घोरनेटा र लामाकाटियामा अध्ययनरत एक सय विपन्न बालबालिका र वडा नंवर ९ र १० का १० जना सुत्केरी महिलालाई राहत वितरण गरिएको हो । स्वास्थ््य संस्थालाई स्वास्थ््य सामग्रीहरु भेरी नगरपालिका वडा नंवर ९ र १० का वडा कार्यालयहरुमा जन प्रतिनिधिज्यूहरु मार्फत सहयोग उपलव्ध गराएको अध्यक्ष शाहले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya