March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

भिटिएम अभावले संकास्पद १७ मध्य २ जनाको मात्र स्वाब संकलन

राजेन्द्र कार्की । जाजरकोट

सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएका १७ मध्य भिटिएम किट अभावमा नमुनाकोे रुपमा दुई जनाको मात्र स्वाव संकलन गरि सुर्खेत पठाईएकोे छ ।

भारतबाट आएका १४ र बाँकेको नेपालगञ्जबाट आएका तीन गरि १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु तीन दिन अघि आएका थिए । ति सवैको कोरोनाको पिसिआर परीक्षणका लागी स्वाव संकलन गर्न भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया) नहुँदा दुई जनाको मात्र स्वाब संकलन गरि सुर्खेत पठाईएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए । शनिवार नेपालगञ्ज र भारतवाट आएका दुई जनामा शुरुमा ज्वरो आएको र त्यसपछि पखाला देखिएको डा. पुनले बताए । अहिले ज्वरो र पखाला दुवै छैन तैपनि संकास्पद लक्ष्यण देखिएकाले कोरोना परीक्षणका लागी स्वाब संकलन गरि पठाईएको उनले बताए ।

भारतबाट आएका १८ बर्षका एक जना र नेपालगञ्जबाट आएका २२ बर्षका अर्का एक जनाको नमुनाको रुपमा स्वाब संकलन गरेर पठाएका छौ । भिटिएम नहुँदा सवैको परीक्षण गर्न सकेनौ डा. पुनले भने ‘त्यही दुई ओटा भिटिएम पनि सामुदायिक अस्पताल चौरजहारीबाट मगाएर स्वाब संकलन गरेका हौ । क्वारेन्टाइनमा रहेका सवैको स्वाब संकलनका लागी भिटिएम माग गरिएपनि प्राप्त हुन सकेन ।’ संक्रमण फैलिएको स्थानबाट आएका हुनले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको भएपनि परीक्षण गर्ने ब्यवस्था नुहँदा संक्रमणको खतरा देखिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad