जनक केसी । जाजरकोट
कोरोना अर्थात कोभिड १९को संक्रमण रोक्न सरकारले गत ५२ दिन देखि जारी राखेको लक डाउनका कारण मज्दुरी गर्न नपाएर संकटमा परेका विभिन्न १५ अति विपन्न परिवारहरुलाइ नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले खाद्य सामाग्री सहयोग गरेका छन् । भेरी नगरपालिकाको वडा नम्वर ३ र ४मा रहेका अति विपन्न परिवारका सदस्यहरुको दुख र संकटमा साथ दिने उद्देस्यले पत्रकार केसीले विभिन्न चार थरिका खाद्य सामाग्रीहरु सहयोग गरेका हुन् ।
भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार पुराना साँझा स्थित आफनै घरवाट पत्रकार केसीले ती विपन्न परिवारहरुलाइ खाद्य सहयोग वितरण गरेका हुन् । ज्याला मज्दुरीको अवसर नपाएर चरम आर्थिक अभाव वेहोरिरहेका भेरी नगरपालिका वडा नम्वर ३का रामकला खड्का, कुमारो नेपाली, सुरज परियार, रत्नवहादुर वोहरा, हरिकला परियार, यमुना सुनार, सन्तोकी नेपाली, सीता रावत, पुतली विक, गौथली परियार, कुस्मा विक, दलवहादुर वुढा, देउरुपा राइ, अच्छा नेपाली र वडा नम्वर ४ का सुरज कार्कीको परिवारलाइ खाद्य सहयोग गरिएको पत्रकार केसीले वताए । खाद्य सहयोग वितरण गरिएका १५ परिवारहरु मध्य मध्य वढी परिवार सदस्यहरु हुने ५ परिवारलाइ ३० केसी चामल, २ केजी दाल, २ पोका तेल र १ पोका नुुन तथा कम सदस्यहरु हुने अन्य १० परिवारलाइ २५ किलो चामल २ केजी दाल, २ पोका तेल र १ पोका नुन वितरण गरिएको केसीले वताए । लामो समय लक डाउन हुदा समस्यामा परेका विपन्न परिवारको दुख र आपतमा साथ दिन आफुले उक्त सहयोग गरेको पत्रकार केसीले वताए ।
आपतमा परेकाहरुलाइ आफुले सकेको साथ र सहयोग गर्नु नै असली धर्म सम्झेर ती विपन्न परिवारलाइ आफुले सहयोग गरेको पत्रकार केसीको भनाइ छ । स्थानीय सरकारले जनताका लागि गर्ने सहयोगी एवम कल्याणकारी कदमहरुमा एकाकार हुन आफुले पनि विपन्न जनतालाइ साथ दिएको उनको भनाइ छ । एक नेपालीले अर्काे दुखमा परेको नेपालीलाइ साथ सहयोग दिने परम्पराको सिको गर्न आफुले यो सहयोग गरेको पत्रकार केसीको भनाइ छ ।विपन्न परिवारका सदस्यहरुलाइ घरमै वोलाएर वितरण गरिएको राहतले आफुहरुलाइ केहि दिनको संकट टार्न मद्दत मिलेको पत्रकार केसीद्धारा वितरीत खाद्य सहयोग पाउनेहरुको भनाइ छ । भेरी नगरपालिका ३ स्यालाकी देउरुपा राइले श्रीमानको मृत्यु पछि चार पाँच भाइवहिनी छोराछोरीलाइ पाल्न समस्या परेको र लक डाउनले मज्दुरी गर्न समेत नपाएका कारण खाने कुराको समस्या परेको वेला पाएको साथले राहत मिलेको वताइन् । यस्तै सोहि सहयोग पाएका पानी नाउलाका कुमारो विकले पनि लक डाउनले मज्दुरी गरेर श्रीमति र छोराछोरी पाल्नु पर्ने वाध्यता रहेका आफुलाइ पत्रकार केसीले खाद्य सामाग्री दिएर गुण लगाएको वताए । मानवीय दुख र संकटका वेला आफनो क्षमता अनुसार एकले अर्काेलाइ सहयोग गर्नु नै असली धर्म हुने स्थानीय व्यापारी दुर्गावहादुर श्रेष्ठले वताए । दुख सवैलाइ आउने भएकोले एउटाको दुखमा गरिने सहयोगले समाजमा शान्ति र मेलमिलाप कायम गराउन मद्दत गर्ने श्रेष्ठले वताए ।