विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा बस्नेत निर्विरोध

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
जिल्लाको भेरी नगरपालिका १ कालेगाँउ स्थित शिव माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा वीरबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार बसेको विद्याालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले बस्नेतलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको प्रधानाध्यापक तिलक बहादुर खत्रीले बताए । बस्नेत विद्यालयका संस्थापक समेत हुन् । उनी यस अघि पनि उक्त विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष थिए । बस्नेत सदरमुकाम स्थित त्रिभुवन मावि खलंगाका समेत पुर्व अध्यक्ष हुन ।

समितिका सदस्यमा सहदेव बस्नेत, सज्जनराज विक., शसिला रावत, ललिता नेपाली, दीपक राना र उत्तर बटाला रहेका छन् । एक जना नगर शिक्षा समितिले मनोनित गर्न बाँकी छ । सदस्य सचिवमा प्रधानाध्यापक रहने ब्यवस्था छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्ने जिल्लाकै यो पहिलो विद्यालय हो । १० कक्षा सम्म अध्यापन हुने यो विद्यालयमा १८ महिने भेटेनरी र कृषि विषयको पढाई हुने गरेको छ । अध्यक्ष बस्नेतले सवैको सहयोग र सहकार्यमा विद्यालयको उन्नयनमा विषेश पहल गर्ने बताए । आइएसी एजी पठनपाठनका लागी आफुले पहल गर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad