अनलाईन कक्षामा सहभागी नहुने विद्यार्थीलाई परीक्षामा सहभागी नगराईने !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

अनलाईन कक्षामा सहभागी नहुने विद्यार्थीले परीक्षामा समावेश हुन नपाउने भन्दै जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसले सार्वजनिक सुचना जारी गरेपछि उक्त निर्णयको विरोेध भएको छ ।

राम्रो सँग टेलिफोनले काम नै नगर्ने जाजरकोटमा अनलाईन कक्षामा सहभागी हुन गाह्रो हुने भन्दै अभिभावक र विद्यार्थी विरोधमा उत्रिएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आँगिक क्याम्पसको रुपमा रहेको भेरी ज्ञानोदय क्याम्पसले केही दिन अघि स्नातकोत्तर तहको पठनपाठन अनलाइनबाट शुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अनलाइन कक्षा सुरु गरेको क्याम्पसले अनलाइन कक्षामा विद्यार्थी सहभागी नभए परीक्षा नै दिन नपाउने भनेपछि विरोध भएको हो ।

फोनले समेत राम्रो सँग काम गदैन कसरी अनलाइन कक्षामा सहभागी हुनु स्नातकोत्तर तहमा अध्ययनरत जुनीचाँदे ४ लुहादहकी हिमाली शाहीले भनिन ‘अनलाईन कक्षामा सहभागी नभए परीक्षा नै दिन नपाईने भन्ने सुचनाले झनै दुखित बनाएको छ ।’ छेडागाड फोन नलाग्ने ठाँउमा बसेका छौ लकडाउनमा अनलाईन कक्षा लिन काँहा जाउँ ? नगरपालिका १२ की हसिला सिंहले भनिन ‘विश्वविद्यालयले यो निर्णय तत्काल फिर्ता लिओस । हामी जस्ता दुर्गमका विद्यार्थीलाई यही निहुँमा पढन्बाट ब१िचत नगरियोस ।’

जाजरकोटका धेरै दुर्गम स्थानमा फोन नलाग्ने र इन्टरनेटको पहुँच नभएको हुँदा क्याम्पसको निर्णय पुर्नविचार हुनेमा आफु आशाबादी रहेको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । उनले भने–‘कोरोना महामारीका कारण देश लकडाउनमा परेको बेला विद्यार्थीलाई तनाव दिने, फोन नै नलाग्ने ठाँउमा अनलाईन कक्षा संचालन गर्ने कुरा हाम्रो जस्तो दुर्गम ठाँउका लागी उपयुक्त छैन ।’

क्याम्पसको उक्त निर्णयको सामाजिक संजालमा समेत विरोध भएको छ । क्याम्पसले शिक्षा शास्त्र अन्र्तगत शैक्षिक योजना तथा ब्यवस्थापन विषयमा यसै बर्ष देखि स्नातकोत्तर तह(एम.एड)को अध्यापन शुरु गरेको हो । उक्त तहमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले विश्वविद्यालयको निर्णय अनुसार नै विद्यार्थीलाई अनलाईन कक्षाका लागी सुचना जारी गरेको बताएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad