March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

गाँउपालिकाको गतिविधिबारे जानकारी लिन उपाध्यक्षले समेत लिखित निवेदन दिनु पर्ने !

राजेन्द्र कार्की । जाजरकोट

आफ्नै गाँउपालिकाले सम्पादन गरिरहेका कामकारवाही बारे जानकारी लिन उपाध्यक्षलाई समेत सुचनाको हक प्रयोग गरि निवेदन दिनु पर्ने भएको छ । जिल्लाको शिवालय गाँउपालिकाकी उपाध्यक्ष कुमारी थापालाई प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माले लिखित निवेदन पेश गरेर मात्र सुचना माग गर्न निर्देशन दिएका हुन् ।

शिवालय गाँउपालिकाकी उपाध्यक्ष कुमारी थापाले गाँउपालिकाका विभिन्न विषयबस्तुमा जानकारी माग्दा नपाएको गुनासो गरेपछि प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माले सुचनाको हक प्रयोग गरेर मात्र सुचना माग्न निर्देशन दिएका हुन् । उपाध्यक्षलाई समेत सुचना लुकाएको र जानकारी तथा ध्यानाकर्षण भन्दै लिखित निवेदन दिएर मात्र सुचना माग्न निर्देशन दिएपछि प्रमुख प्रशासकिय अधिकृत विवादमा मुछिएका छन् ।
गाँउपालिका कार्यान्वय गरिरहेका विभिन्न आयोजना, कार्यक्रम तथा सार्वजनिक खरीद सम्बन्धमा जानकारी लिन खोज्दा प्रमुख प्रशासकिय अधिकृत शर्माले नदिएको उपाध्यक्ष थापाले गुनासो गरेकी हुन् । विभिन्न विषयगत शाखामा समान खरीदका बिलभरपाई, भुक्तानी प्रक्रिया आदि विषयमा कर्मचारी सँग जानकारी माग गर्दा आफुले नपाएको उपाध्यक्ष थापाले बताईन ।

कम्प्युटर, होमपाइप, तारजाली, सोलार, फर्निचर, औषधी, क्यारेन्टाइनका लागी बेडविस्तरा, स्यानिटाइजर लगायतका खरीद प्रक्रिया पारदर्शी नभएको र अनियमितताको आशंकामा वीलभरपाई माग्दा नदिएको उपाध्यक्ष थापाको आरोप छ । उनले भनिन ‘वील भरपाई नदेखाउँदा झन आशंका बढेको छ । विभिन्न सडक आयोजनाको भुक्तानी दिँदा पनि अनुगमण विनै मिलेमतोमा रकम भुक्तानी गरिएको छ ।’ गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीको आड लिएर प्रमुख प्रशासकिय अधिकृतले आफुलाई वाईपास गरिरहेको उपाध्यक्ष थापाको भनाई छ । तर अध्यक्ष शाही र उपाध्यक्ष थापा दुवै पुर्व एमालेका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका हुन् । ‘मैले सुचना पाउन समेत सुचनाको हक प्रयोग गर्नुपर्छ भने अन्य सर्वसाधारणको अवस्था कस्तो होला ?’ उनले भनिन ।

प्रशासकीय अधिकृत धनीराम शर्माले उपाध्यक्ष थापाले सुचनाको हक प्रयोग गरेर मागेपछि जोसुकैलाई आवश्यक सुचना दिन सकिने बताए ।
उनले कार्यपालिकाको कार्यालयमा खटिने राष्ट्रसेवक कर्मचारीहरुलाई पटक पटक डर, धाक, धम्कि, दिने र विभिन्न बाहानामा काम गर्ने वातावरण धमिल्याउने देखिएकोले अध्यक्षको ध्यानाकर्षण गराउँदछु उनले जारी गरेको पत्रमा अगाडी भनिएको छ यस कार्यालय द्धारा गरिएका सार्वजनिक खरीद सम्बन्धमा शंका उपशंका गरि पटक पटक वील भरपाई मागिने गरिएकोमा कानुनी शासनमा आधारित मुलुकमा आवेशका भरमा मौखिक रुपमा मागिएका भरमा दिन नसकिने जनाईएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा ७ को अधिनमा रही त्यसको सूचना प्राप्त गर्नुपर्ने कारण समेत खुलाई निवेदन पेश गर्नु हुन र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ (१) बमोजिम लाग्ने दस्तुर समेत यस शिवालय गाउँपालिकालाई बुझाउनु पर्ने व्यहोरा अनुरोध छ ।’ उपाध्यक्षलाई समेत बोदार्थ दिईएको पत्रमा उल्लेख गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad