March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

कामकाज एकातिर कुम्लाे बाेकी ठिमीतिर ः कविता

अमर शाह । खलंगा

हुन त बैसाख हाे महिना बर्षे झरि झर्छ
माैषम पनि बेईमानी भाे उल्टाे उल्टाे गर्छ

कतै पानी कतै हिउ छ काेही ठाँउ त असिना
बेकारैमा खेरै गयाे जन्ताकाे पसिना

गर्मी हुने काफल पाक्ने समय हाे अहिले
पुष मागे हिउदाले चिसाे बढिरन्छ जहिले

जताततै आजभाेली रेागब्याधीकाे डर्छ
जनताकाे मर्का एक छ माथी नेता लड्छ

भारतिय पिछलग्गु भरमार् बढीराछन्
उन्कै जुठाे चाटी चाटी सधै लडिराछन्

तिम्रा भाेटर बिदेशतिर भाेगले मर्दैछन्
मर्छाै भन्दै आँशु झार्दै बिलाप गर्दैछन

बिदेशमा बिलाप गर्ने नेपाली कति छन्
जति घाटा हाेला हाेला ल्याईहाल जति छन्

घर झग्ग्रा नगर अहिले समस्या अर्कै छ
बिदेश बस्ने नेपालीकाे चिन्ता चाँही घर्कै छ

पल्टाएर पढ्ने गर सम्बिधानमा के छ
दुनियाकाे दुख्ख बुझ तिम्रा मनमा जे छ

मुद्धा पनि लाग्दैन रे तिम्रा कुरा काटे
गणतन्त्रलाई जनताले मृत्यसङ्ग साटे

तिम्राे बाउले के के भन्छ त्यस्तै त्यस्तै गर्छाै
सराप लाग्ला जनताकाे किरा परि मर्छाै

भन्छाै आफु कम्युनिष्ट किन उल्टाे हिन्छाै
दुनियाले ताली मार्याे चम्चा मात्र चिन्छाै

गर्छाै कुरा लिन्छाै फिर्ता रहिछाै डर छेरुवा
बिकास भन्नु त्यत्तिकै हाे कुरा झन बेरुवा

अचेल ल्याउनु के का लागि त्याे तिम्राे अध्यादेश
धेरैकाे गालखानु भन्दा घरै बस्नु बेष

प्रधामन्त्री हुने भन्छाै चुनाव हारेकालाई
बिर्सेलउ कि कुनैबेला पार्टी छारेकालाई

हैषियत देखायाै तिम्ले राजनिती फापदैन
भाेकभाेकै जनता रुन्छन् तिमीलाई पाप छैन

आफनाे गुट बलियाे बनाउ माैका तिम्राे यही हाे
दुश्मणलाई खाल्डाेमा पुर्ने तिम्राे दाउपेच त्यही हाे

चिन्दैछन जनता तिम्लाई पापी हाै कि धर्मी
मतदाता चिसाले काम्छन् तिम्लाई अर्कै गर्मी

हेराैला नि अर्काे चुनाव देखाईदिउला पाउर
जनताले यत्राे दिन्छन् अनि जाउला लाहुर

पार्टीभित्रै बलमिचेर माथी उठेका हाै
राम्रा र ईमान्दार सबै तिम्ले भुटेका हाै

आफ्नाे पुजा जस्ले गर्याे उसलाई अघि सारेउ
राम्रा र ईमान्दार सबलाई आधाबाटै छारेउ

साेझी र ईमान्दार रहिछन् बिद्यादेवी हाम्री
तिम्रामात्रै कुरा सुन्ने अलि रहिछन् चाम्री

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad