‘हाँडीगाँउ’को जात्रा

अमर शाह । जाजरकोट

कता छन् न्याय मुर्ती खुवै लाउथ्ये फुर्ती
आँउदैछ खाद्यकाे सङ्कट काे गर्ने हाे पुर्ती

आफु पनि गमर्क्याउने अरुलाई लुटाउने
धेरै भए थाेरै लाग्ला त्यसकारण फुटाउने

bhumi-sanrakshyan

देशकाे चिन्ता एकातिर उन्काे चिन्ता ब्यग्लै
कति गर्छाै कच्याङ् कुचुङ् बस्नु पर्ला एक्लै

अरुलाई गाल गर्नु मजा आँफना अैाँला गजा
दरबारमै मुसरी थाप्न आँउदैन कि लजा

भएभरका मुसा चारी भकारीमा खाेस्टा
के गर्याै गद्धारी कर्म फेसबुकभरी पाेष्ट

के पुगेन अझै पनि त्याे भन्दा कहाँ जाने
ढाडे मुसा भकारीमा जनताले के खाने

सबैका दिन जान्छन् भन्छन् तिम्रा पनि जालान्
८० कराेड कता बाँड्याै यहाँ पठाईदेउ खालान्

जनतालाई लुक भन्ने आफु बाहिर डुल्ने
मिडियामा छरप्रस्टै कहाँ गएर भुल्ने

आफुलाई लाग्दाे हाे अझै दुनियाकाे हिराे
क्याल्कुलेटर हान्दाखेरी मान प्रतिष्ठा जिराे

बैतर्नी तराउलान् साच्चै ती तिम्रा चम्चाले
कसरी देखाउछाै बाहिर मुख छाेप गम्छाले

कसैकाे रिस छैन मलाई सच्याउनलाई मात्र
दुनया छक्कै छ हेरी हाँडीगाँउकाे जात्रा

Attachments area

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya