नगर प्रमुख घर्ती माथि हातपात

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समुहले मुक्का प्रहार गरेको हो । जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ ।

सत्तारुढ नेकपाका कार्यकर्ता एवम साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाइ हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले वताए । शाहीको समुहले गरेको मुक्का प्रहारवाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले वताए ।

नगर प्रमुख घर्ती पुर्व एमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पुर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पुर्व अध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख घर्तीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्ती माथि हातपात भएको एक प्रत्यक्षदर्शीले बताए । योजना दिदा आफुहरुले नपाएको र आफुहरु माथि अन्याय भएको गुनासो गर्र्ने क्रममा विवाद भएको उनले वताए ।

मेयर घर्तीलाइ आक्रमण गर्नेहरुको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले वताए । उनले घटना बारे यथार्थ बुझ्न नगरप्रमुख घर्ती सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटना बारे यथार्थ जानकारी अझै आईसकेको छैन ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad