अबैध रुपमा लगाईएको अफिम खेती नष्ट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अवैध रुपमा लगाईएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको कुशे गाँउपालिका–८ नयाँ बस्तीमा लगाइएको अफिम खेती शनिवार नष्ट गरिएको हो ।

स्थानिय नारायण थापा र शेरबहादुर खड्काले करीव एक रोपणी ऐलानी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । प्रहरी चौकी पैकबाट प्रहरी सहायक निरीक्षक मायालाल बुढाको कमान्डमा गएको प्रहरी टोलीले अबैध रुपमा लगाईएको अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । जिल्लाका विभिन्न भागमा अफिम खेती गर्ने गरिएको सुचनाको आधारमा प्रहरी परिचालन गरिएको उनले बताए । लागु पदार्थको रुपमा चिनिने अफिम खेतीलाई नेपालमा प्रतिबन्ध लगाईएको छ । यस अघि पनि जिल्लाका विभिन्न भागमा लुकीछिपी लगाएको अफिम खेती प्रहरीले नष्ट गदै आएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad