अलपत्र भन्दै जिल्ला भित्र्याईएका क्वारेन्टाइनमा नबस्दा जोखिम

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
लकडाउनकै अवधीमा मंगलवार र बुधवार काठ्मान्डौबाट पाँच सय बढी मानिसहरु जिल्लामा भित्रिए । तर कुनै पनि मानिस क्वारेन्टाइनमा नबस्दा कोरोना संक्रमणको जोखिम बढेको छ । अलपत्र परेको भन्दै पहुँचवाला नेताहरुले अनुमति पास गराईदिएपछि गाडीमा ठेलमठेल गरेर अलपत्र परेका विद्यार्थी,मजदुर कर्मचारी लगाएतका जिल्ला भित्रिएका हुन् ।
अहिले सम्म जिल्लाको अवस्था सामान्य रहेको भएपनि दुई दिन देखि जिल्लामा पाँच सय बढी मानिसहरु एकै साथ भित्रिएकोले यसले चुनौति वढाएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसीले वताए । उनले हालै जिल्लामा भित्रिकाहरुमा संक्रमण रहेछ र उनीहरु समाजमा मिसिएमा संक्रमणको जोखिम धेरै हुने वताए । जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोरकुमार श्रेष्ठले ठुलो संख्यामा मानिसहरु एकै पटक जिल्लामा भित्रिनु लक डाउनको नियम विपरीत भएपनि अलपत्र परेकाहरुलाइ घर पुरयाउनै पर्ने वाध्यता रहेको वताए । उनले साँसदहरुको आग्रह र सर्वसाधारणको वाध्यतालाइ मध्य नजर गरेर जिल्ला भित्रिन पाएका सर्वसाधारणहरुलाइ स्थानीय सरकारहरुले उचित निगरानी र व्यवस्थापन गर्नु पर्ने वताए । तर समन्वय र स्थानिय सरकारको उदासिनतका कारण त्यसरी आएकाहरु भोकभोकै घर पुगेका छन् । गाडीले सदरमुकाम सम्म छोडिदिएपछि भारी र साना नानीलाई काखमा च्यापेर मानिसहरु पैदलै घरतिर गएका छन् । बेखर्ची भएका उनीहरुलाई खानको ब्यवस्था नहुँदा भोकभोकै घरपुग्न बाध्य भएका छन् । परीक्षण समेत नगरेर घर पठाउँदा थप जोखिम हुन सक्ने स्वास्थ्यकर्मीकोे भनाई छ ।
नेताहरुले पहुँचका भरमा लकडाउन उलंघन गदै मानिसहरु रातारात ओसारेको भन्दै स्थानियले विरोध गरेका छन् । क्वारेन्टाइनमा बस्ने भनेर आएकाहरु समेत नबस्दा स्थानियले विरोध गरेका हुन् । स्थानिय तहले स्थापना गरेका क्वारेन्टाइनमा बस्ने र बसाल्ने त कुरै छोडौं होम क्वारेन्टाइनमा समेत बसेको पाईएन भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले भने ‘निर्वाध घुमफिर र भेटघाट गरिरहेका छन् । गाडीमा भएको एक जना मानिसमा पनि संक्रमण रहेछ भने सवैमा जोखिम हुन सक्छ ।यसले गर्दा पछिल्लो समय थप जोखिम बढ्ने देखिन्छ ।’

कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लक डाउन अवधिमा अहिले सम्म भारत लगाएतका तेस्रो मुलुकवाट जाजरकोट भित्रिएका कुनै पनि व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको पाइएको छ ।
सरकारले जारी गरेको लकडाउनको समयमा भारत तथा अन्य तेस्रो मुलुकवाट जिल्लामा आएका तीन सय १० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले वताए । उनले लक डाउन अवधिमा जिल्ला भित्रिएका सवैलाइ स्थानीय तह, कर्णाली प्रदेश सरकार र आफनो कार्यालयको सहयकार्यमा द्रुत परीक्षण (आरडीटी) प्रविधिवाट दुई सय ९६ जनाको र १४ जनाको पीसीआर प्रविधिवाट कोरोनाको परीक्षण गरिएकोमा सवैको रिर्पोट नेगेटिभ आएको वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad