राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष रामवहादुर नेपालीलाई कुटपिटमा संलग्न सात जना पक्राउ परेका छन् । कार्य कक्षमै पुगेर वडाध्यक्ष नेपालीलाई कुटपिट गरिएको हो ।
कुटपिटमा संलग्न सोही वडाका ५३ बर्षिय विर्ख नाथ, बर्ष ३१ का जयबहादुर नाथ, बर्ष ३६ का रेशम नाथ, बर्ष १८ का धनबहादुर नाथ, बर्ष ४९ का नरु नाथ र बर्ष २१ का सुरेन्द्र नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनालाई सदरमुकाम पुरयाईएको छ । के कारणले आक्रमण भएको हो त्यसबारे केही खुल्न नसकेको र घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । कुटपिटबाट घाईते वडाध्यक्ष नेपालीको टाउको र छातीमा चोट लागेको छ । उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
कुटपिटमा संलग्न जयबहादुर वडाध्यक्ष रामबहादुर सँग पराजित भएका थिए । वडाध्यक्ष रामबहादुर पुर्व एमालेको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए भने जयबहादुर काँग्रेस उम्मेदवार थिए ।