नलगाड र छेडागाडमा सवै कोरोना रिर्पोट ‘नेगेटिभ’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाका नलगाड र छेडागाडमा शुक्रवार गरिएको कोरोना भाईरसको द्रुत परीक्षणमा सवै रिर्पोट नेगेटिभ देखिएको छ । नलगाडमा ४३ र छेडागाडमा २१ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको हो ।

यस अघि छेडागाडमा तीन भेरीमा ८४, जनीचाँदेमा ६१ र बारेकोटमा ५५ गरी दुई सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पाँच वटा पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । भेरीमा मंगलवार र बुधवार, बारेकोट र जुनीचाँदेमा विहिवार र नलगाड तथा छेडागाड नगरपालिकामा शुक्रवार परीक्षण गरिएको हो । शिवालय र कुशे गाँउपालिकामा शनिवार परीक्षण गरिने कार्यालयले जनाएको छ ।

एक महिना यता भारत र अन्यमुलक बाट आएकाहरुको परीक्षण गरिएको हो । बारेकोट र नलगाडमा जिल्ला अस्पतालका डा. अमिन शाहको नेतृत्वमा तथा जुनीचाँदे र छेडागाडमा डा. औसरसिंह राठौर नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको हो । पश्चिम क्षेत्रको परीक्षणमा जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत समेत सहभागी भएकी हुन् । जिल्लामा पर्याप्त किट नभएको र परिक्षणको दायरा साँघुरो भएको स्थानियको गुनासो छ । स्वास्थ्य सेवा निर्देशनालयमा समेत आरडिटी किट नहुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख टीकाराम जैसीले बताए । कर्णालीमै किट नभएपछि थोरै संख्यामा मात्र परीक्षण गर्ने गरिएको छ । करीव दुई लाख जनसंख्या भएको जाजरकोटमा थोरै किट पठाएर सरकारले झारा टार्न मात्र खोजेको पुर्व साँसद राजिव विक्रम शाहले आरोप लगाए । उनले परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad