राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा गरिएको कोरोनाको द्रुत परीक्षणबाट दुई सय तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन वटा पालिकामा कोरोनाको द्रुत परीक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको हो । परीक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको हो ।
हालसम्म जिल्लाको भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५ र छेडागाड नगरपालिकामा ३ जनाको द्रुत परिक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । शुक्रवार नलगाड र छेडागाड नगरपालिकामा परीक्षण हुदैछ भने शनिवार शिवालय र कुशेमा आरडिटी परीक्षण गरिने भएको छ ।
एक महिना यता भारत र अन्यमुलक बाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुन सकेको छैन । सरकारले जाजरकोट जिल्लाको लागी तीन सय आरडिटी किट मात्र पठाएको हो । तीन सय जति विदेशबाट मात्र आएका छन् । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । अहिले सम्म परीक्षण गरिएका सवैमा नेटेटिभ रिर्पोट आएको छ । बाँकी चार पालिकामा पनि दुई दिन भित्र परीक्षण गर्ने गरी टोली खटाएका छौ उनले भने ‘थप परीक्षणको दायरा बढाउन कम्तिमा तत्काल पाँच सय आरडिटी किट माग गरेका छौ ।’