जाजरकोटमा २०३ जनाको कोरोना आरडिटी परीक्षण गर्दा सवैको रिर्पोट ‘नेगेटिभ’

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा गरिएको कोरोनाको द्रुत परीक्षणबाट दुई सय तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन वटा पालिकामा कोरोनाको द्रुत परीक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको हो । परीक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको हो ।

हालसम्म जिल्लाको भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५ र छेडागाड नगरपालिकामा ३ जनाको द्रुत परिक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । शुक्रवार नलगाड र छेडागाड नगरपालिकामा परीक्षण हुदैछ भने शनिवार शिवालय र कुशेमा आरडिटी परीक्षण गरिने भएको छ ।

bhumi-sanrakshyan

एक महिना यता भारत र अन्यमुलक बाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुन सकेको छैन । सरकारले जाजरकोट जिल्लाको लागी तीन सय आरडिटी किट मात्र पठाएको हो । तीन सय जति विदेशबाट मात्र आएका छन् । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । अहिले सम्म परीक्षण गरिएका सवैमा नेटेटिभ रिर्पोट आएको छ । बाँकी चार पालिकामा पनि दुई दिन भित्र परीक्षण गर्ने गरी टोली खटाएका छौ उनले भने ‘थप परीक्षणको दायरा बढाउन कम्तिमा तत्काल पाँच सय आरडिटी किट माग गरेका छौ ।’

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya