बारेकोटले गाँउमै उत्पादित अन्न राहत दिने

राजेन्द्र कार्की । जाजरकोट

दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारलाई लामो समयको लकडाउनका कारण दैनिक हातमुख जोर्न समस्या परिरहेको गुनासो आईरहेका बेला जाजरकोटको बारेकोट गाँउपालिकाले स्थानिय स्तरमै उत्पादित अन्न राहत दिने निर्णय गरेको छ । बारेकोटले हाल गाँउमा उपलब्ध मकै राहत दिने निर्णय गरेको हो ।

गाँउमै रहेको अन्न(मकै) किनेर प्रतिपरिवार पाँच पाथीका दरले उपलब्ध गराईने गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । विपद ब्यवस्थापन कोषबाट खाद्यन्न ब्यवस्थापनका लागी प्रति वडा डेढ लाखका दरले रकम उपलब्ध गराउने र वडाले सम्बन्धित वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरलाई पाँच जना सम्मको परिवारका लागी प्रतिपरिवार पाँच पाथी मकै, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराईनेछ । कम्तिमा एक महिनाका लागी पुग्ने  गरि करीव साढे आठ सय परिवारलाई खाद्यन्न दिने गरि वडा समितिलाई जिम्मा दिईएको अध्यक्ष शाहले बताए । ‘त्यसको लागी पहिलो चरणमा करीव तीन सय क्वीन्टल मकै आवश्यक पर्छ । जुन गाँउपालिकामै मौज्दात रहेको छ’ उनले भने ।

bhumi-sanrakshyan

खाद्य डिपोमा हुने भिडभाडलाई निस्तेज गर्न गाँउपालिकाले खाद्य संस्थानबाट चामल वितरण गर्न वडा अनुसारको तालिका सार्वजनिक गरेको छ । वडा अध्यक्ष वा निजले तोकेको सदस्यको सिफारिसमा आईवार वडा नम्बर १, सोमवार वडा नम्बर २ र ३ मंगलवार वडा नम्बर ४, बुधवार वडा नम्बर ५ र ६, विहिवार वडा नम्बर ७ र ८ तथा शुक्रवार वडा नम्बर ९लाई वितरण गर्ने निर्णय समेत गरिएको छ ।

बारेकोटमा धान उत्पादन निकै कम हुने गर्दछ । गहँु र जौ पाकेका छैनन् । मकै प्रसस्त उत्पादन हुन्छ तर मकै पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ । स्थानिय रुपमा उत्पादिन अन्न अन्य प्रयोजनमा खेर जाने तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने कुरालाई निरुत्साहित गर्न गाँउमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताए । स्थानिय उत्पादनमा जोड दिईरहेको गाँउपालिकाले कृषि उत्पादनमा जोड दिन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहले बताए । बर्षेनी खाद्य संकटको समाचार आउने बारेकोटमा खाद्य संकट नभएर भात(चामल) संकट भएको सिंहले बताए । भाते बानीमा सुधार गरि स्थानिय अन्न उपयोगमा जोड दिने गाँउपालिकाको निति रहेको उनले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya