विसं. २०७६ हामीबाट बिदा भएको छ । यसपटक विश्व महामारी कोराना भाइरस (कोभिड(१९) को त्रासद र संक्रमणको नेपालमा दोस्रो चरण सुरु भएयता हामी नयाँ वर्षमा आइपुगेका छौं । विश्व नै यो महामारीको चपेटामा परेका बेला नागरिकको ज्यान सुरक्षित राख्नु राज्यको पहिलो धर्म हुन आएको छ । नेपालमा पनि कोरोनाको संक्रमण क्रमिक रूपमा फैलँदो छ । यसले हाम्रोजस्तो कमजोर स्वास्थ्य पूर्वाधार भएको, सेवा प्रवाह गर्न नसक्ने सरकारी संयन्त्र भएको मुलुकका लागि नयाँ वर्षमा कोरोना भाइरस संक्रमण भीषण चुनौती हो । विश्वकै सर्वाधिक उच्चकोटीको स्वास्थ्य सेवाप्रदायक मुलुक आजित भइरहेको सन्दर्भमा नेपालजस्तो मुलुकका लागि आगामी दिन नागरिकको जीवन रक्षा र मुलुकको आर्थिक अवस्थाका दृष्टिकोणले अझै कष्टप्रद हुने देखिन्छ ।
कोरोना विरुद्धका जति प्रयास भएका छन् ति सवै सकारात्मक छन् तर प्रयाप्त छैनन् । संक्रमण भित्रिएको खण्डमा अहिलकै अवस्था, पुर्वाधार, जनशक्ति र संरचनाले थग्न सक्ने अवस्था छैन । कोरोना नभित्रियोस भनेर नागरिकहरु मन्दिरमा बली चढाउँनु पर्ने, भगवान भरोसामा बाँच्नु पर्ने अवस्था छ । यस तर्फ हामी कति गंभिर छौ ।
त्यसमा पनि जाजरकोट स्वास्थ्य सेवा र पहुँचको दृष्ट्रिकोणले निकै कमजोर जिल्ला हो । यहाँ विभिन्न सरुवा रोगको प्रकोपले सधै सताइरहन्छ । ५० शैयाको भनिएको जिल्ला अस्पतालको सेवा सामान्य स्वास्थ्यचौकीले दिने खालको पनि छैन । स्थानिय सरकार बनेको तीन बर्ष पुग्नै लाग्दा नागरिकका अपेक्षा अनुसार काम अघि बढ्न नसकिरहेको गुनासो ब्याप्त छ । जनप्रतिनिधीहरु भष्ट्राचारमा लिप्त हुन थालेका छन् । जुनीचाँदेका अध्यक्ष कृष्णबहादुर केसी लगायतका जनप्रतिनिधीहरुलाई अख्तियारले रंगेहात पक्राउ गर्नु, उनीहरुलाई विशेष अदालतमा मुद्धा दायर गर्नु, धेरै जनप्रतिनिधी डोजरमालिक हुनु, आफै कमिसनको वार्गेनिङमा संलग्न हुनु यस्तै विकृतिले जनप्रनिधी र संघिय ब्यवस्था प्रति नै जनविश्वास गुम्दै जानु लोकतन्त्रका लागी चिन्ताको विषय हो ।
२०७७ साल शुभारम्भको चुनौती भनेकै कोरोनाविरुद्धको संघर्ष हो । राज्यले कोरोना संक्रमण थप पैmलन नदिन, संक्रमितको उचित उपचार व्यवस्थापन गर्न, लकडाउनका कारण रोजीरोटी गुमाएर हातमुख जोड्न नसक्नेहरूको हेरविचार गर्न र सामाजिक अमनचयन कायम राख्न चाल्नुपर्ने कदम अबका कार्यसूची हुन् । यी चुनौतीबाट पार पाउन त्यति सहज छैन। तर, असल नियत र दृढ विश्वासका साथ काम गर्ने हो भने यस दिशातर्पm सरकारी कामकारबाही अघि बढ्न सक्छ, जसले नेपाल र नेपालीको न्यूनतम भलो हुने देखिन्छ । कोरोना विरुद्धको लडाई जित्यौ भने अर्को लडाई लड्नु पर्ने देखिन्छ त्यो हो भष्ट्राचार र कुशासनका विरुद्ध । चुनौतीबीच पनि नयाँ वर्ष २०७७ सबैका लागि फलदायी बनोस् । हार्दिक शुभकामना ।