चन्दा उठाएर अतिबिपन्न ६० परिवारलाई राहत

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । जाजरकोट

स्थानियले चन्दा संकलन गरेर जाजरकोटको भेरी नगरपालिका १ का अतिविपन्न ६० घर परीवारलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरेका छन् । चन्दा संकलन गरेर जम्मा भएको ७६ हजार ६ सय रकम बाट राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

लामो समयको लकडाउनका कारण छाक टार्न समस्या परेपछि चन्दा उठाएर खाद्यन्न सामग्री वितरण गरिएको स्थानिय धर्म विकले बताए । प्रति परिवार ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गरिएको हो । आफुहरु समस्यामा परेको बेला गरिएको खाद्य सहयोगले ठुलो राहत मिलेको स्थानिय प्रेमकला विकले बताईन । घरमा अन्नको गेडो थिएन । हातमा पैसा पनि छैन । केटाकेटी भोगले हैरान छन् । मेरो परिवार साह्रै समस्यामा थियो । कोही नहुनेको दैव हुन्छ भन्थ्ये । हो रहिछ । सहयोगीहरुलाई उनले धन्यवाद दिदै भनिन ‘हामीलाई विपदको वेला सहयोग गर्नु भो तपाईहरुको सधै भलो होस ।’

केही दिन अघि वडा समितिको बैठकले समस्यामा परेका घर परिवारहरु लाई खाद्यान्न सहयोगको लागि वडावासी बुद्धीजीवी, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवी, जनप्रतिनिधि सवैले स्वस्फुर्त रुपमा चन्दा संकलन गररे विपन्न घर परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । स्वस्फुर्त रुपमा जम्मा भएको रकमबाट वडा नम्बर १ का रावतगाँउ, कोलचौर र पिपे टोलका विपन्न परिवारलाई खाद्य सहयोग गरिएको वडाध्यक्ष दीपक रानाले बताए ।

विपन्नको लगत संकलनमा ढिलाई हुँदा नगरपालिकाले राहत वितरण गर्न सकेको छैन । नगरपालिकाले विपन्नको लगत संकलनका लागी वडा कार्यालयलाई जिम्मा दिएको छ ।

नगरपालिकाले राहत दिन ढिलाई गरेपछि आफुहरुको पहलमा चन्दा संकलन गरेर हुनेले नहुनेलाई सहयोग गर्ने निति अनुरुप राहत बाँडिएको स्थानिय समाजसेवी वीरबहादुर बस्नेतले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad