राजेन्द्र कार्की । जाजरकोट
विश्वभर फैलिएको कोरोना भाइरसको महामारी बाट देशवासीलाई जोगाउन सरकारले लकडाउन गरेको ११ दिन वितिसक्यो । शहरी क्षेत्रका मानिसहरु एकाध बाहेक घर भित्रै बसिरहेका छन् । तर जाजरकोटका ग्रामिण भेगका मानिसहरु जो कृषि पेशामा आश्रित छन् ति मानिसहरुको दैनिकीमा खासै परिवर्तन आएको छैन । 
तरकारी गोडमेल गर्ने, गाईबस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागी पनि घर बाहिर ननिस्केर धरै छैन गाँउलेलाई । सदरमुकाम आसपासका किसानले तरकारी र दुध सदरमुकाम लिएर विक्रि गर्न पनि छोडेका छैनन् ।
डेरी र सदरमुकामवासीका घरमा दैनिक दुध लिएर बेच्ने किसानले नियमित दुध बेचिरहेका छन् । तरकारी बेच्नेले पनि सदरमुकाम लिएर बेचिरहेका छन् । तर पहिलेको तुलनामा उनीहरु समुहमा हिड्दैनन् । मास्क लगाउँछन् । त्रास उनीहरुमा पनि छ भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले भने ‘तर बाध्यता छ । पशुवस्तुलाई आहारा खोज्नका लागी पनि घरबाट निस्कनै पर्यो ।’
ग्रामिण भेगमा घाँस दाउरा काट्ने, गाईबाख्रा चराउन गोठालो जाने, कुटानीपिसानी लगायतका कार्य जारी रहेको बारेकोट गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष द्धारीका बुढाले बताए । सवै मानिस त्रसित र सचेत छन् तर दैनिक नगरी नहुने काम पनि स्थानियले गरिरहेकै छन् उनले भने । शहरका मानिसलाई लकडाउनमा कसरी समय विताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन भेरी नगरपालिका २ कि निर्मला भण्डारीले भनिन ‘केटाकेटीको हेरचाह, खानपीन, घाँसदाउरा, पानी पँधेरो, तरकारी गोडमेल, दुध र तरकारी बेच्न सदरमुकाम जानु पर्ने लगायतका काममै ठिक्क हुन्छ । घरबाट ननिस्क भन्छन् । घरबाट ननिस्के गाईबस्तुलाई के खुवाउने आफु के खाने ?।’ उनी जस्तै अधिकाँश किसानको दैनिकी यसरी नै वित्ने गरेको छ । उनीहरु भारत लगायतका अन्यमुलुक जिल्लामा आएकाहरु सँग भने सचेत छन् । उनीहरुको संम्पर्कमा जाँदैनन् 



