कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी बारेकोट गाँउपालिकाले स्थापना गर्यो २० लाखको विपद् ब्यवस्थापन कोष

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिकाले २० लाखको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण बिपद व्यवस्थापन कोष स्थापना गर्ने गर्ने निर्णय गदै कोरोना विरुद्ध शसक्त ढंगले प्रतिकार गर्ने रणनिति तय गरेको छ ।

बारेकोट गाँउ कार्यापालिकाको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण बिपद व्यवस्थापन कोष–२०७६ मा पालिका तथा वडा कार्यालयमा कार्यरत स्थायी तथा करार सबै कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्थायी तथा करार सबै स्वास्थ्यकर्मी, पालिका भित्रका सबै विद्यालयमा कार्यरत स्थायी, करार र राहत सबै शिक्षकहरुबाट श्रेणी अनुसार उपसचिव सरहबाट सात दिन, शाखा अधिकृत स्तरबाट पाँच दिन र राजपत्र अनंकृत तहका कर्मचारीबाट तीन दिन बराबरको तलब काटेर उक्त कोषमा रकम जम्मा गरिनेछ ।

भाइरस संक्रमण भएको बिरामी पहिचान भएमा बिरामीको उद्धार तथा औषधी खर्च, संक्रमण नियन्त्रणको काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी समेत गरि पालिकाबाट ५ जना र वडाबाट १ जनालाई दैनिक ५० प्रतिशत प्रोत्सान भत्ता उपलब्ध गराउने निर्णय गरिएकोे छ ।

संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा खटिएका अध्यक्ष र वडा सदस्यहरुलाई पनि दैनिक ५ सय रुपैया भत्ता उपलब्ध गराईने भएको छ । जनचेतनामुलक कार्यक्रम संचालन गर्न, प्रचार–प्रसार तथा माईकिङ्ग लगायतका कामको लागि बैठकले प्रति वडालाई ५० हजारका दरले चालु खर्चमा समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । चालु खर्चमा समावेश गरिएको बजेटलाई वडा समितिले लकडाउनको समयमा जिल्ला बाहिर रहेका नागरिकहरुको उद्धार गर्नुपरेमा, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका नागरिकहरुलाई लकडाउनको समयमा भोकै बस्नुपर्ने स्थिति सृजना भएका दाल, चामल, नुन, तेलको व्यवस्था गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको अध्यक्ष शाहले बताए ।

बारेकोट गाउँपालिका–८ लैखम र १ दोबाटोमा गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) लाई थप सुदृढ गर्नुको साथै वडा नम्बर ४ को दह र १ को सिर्पाचौरमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने निर्णय बैठकले गरेको छ । नेपाल सरकारको लकडाउन समयावधी भित्र पालिकामा दाल, चामल, नुन, तेल जस्ता खाद्य बस्तुको अभाब हुन नदिन बैठकले पालिका भित्रका उद्योगी, व्यापारीहरुलाई खाद्यन्न आपुर्ती तथा ढुवानी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । खाद्यन्न आपुर्ती तथा ढुवानी गर्न उद्योगी व्यापारीहरुलाई जनप्रतिनीधिहरुले पनि सहयोग गर्ने बैठकले निर्णय गरेको अध्यक्ष शाहले बताए ।

 

बैठकले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन, कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेका १८ वुँदे निर्णय, कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश कार्यकारी समितिको संयुक्त बैठकले गरेका निर्णय र कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समितिले गरेका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

गाँउपालिका स्तरीय अनुगमण समिति

सरकारले गरेको लकडाउन पालिकामा कार्यान्वयन भए नभएको र पालिकाका नागरिकहरुको दैनिकी तथा जीवन सवालको पहिचान गर्न बैठकले सर्बपक्षीय अनुगमन समिति गठन गरेको अध्यक्ष शाहले जानकारी दिए । अनुगमन समितिको संयोजक गाँउपालिका अध्यक्ष महेन्द्रबहादुर शाह अन्य सदस्यहरुमा उपाध्यक्ष ओमा शाही, नेकपाका प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह, नेपाली कांग्रेस पार्टी सचिव भुमिलाल रोकाय, नेकपा बारेकोट अध्यक्ष हरिबहादुर थापा, नेपाली कांग्रेस बारेकोट सभापति भीमबहादुर सिंह, बिरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यपक गोरखबहादुर सिंह, ईलाका प्रहरी कार्यालय रामीडाँडाका प्रहरी निरिक्षक हेरम्ब पाण्डे, गाउँ स्वास्थ्य शाखा संयोजक बिरराज सिंह, वडा अध्यक्ष द्धारीका वुढा, सिर्जना बस्नेत, बशन्त शाही, शशिराम गौतम र तिले महतरा रहेका छन् । उक्त अनुगन समितिले महामारीको प्रकोप र नागरिकहरुको जीवन सवालको अबस्थालाई हेरेर आबश्यक निर्णय गर्न सक्ने बैठकले निर्णय गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad