कोरोना १९ वारे वास्तविक उत्तर पत्ता नलागेका पक्षहरु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र विक्रम शाह
नागरिक समाज अगुवा, जाजरकोट

१८ चैत्र, २०७६ । लाखौं भाईरसहरु मध्य एक कोरोना भाईरस हो र कोरोना भाईरस पनि धेरै प्रकारका हुन्छन् । कोरोना भाईरस पत्ता लागेको धेरै समय भए पनि मानव शरीरमा प्रवेश गरेका थिएनन् । गत वर्ष सन् २०१९ को डिसेम्वर महिनाको दोश्रो हप्ता तीर चीनको व्यापारिक शहर वुहानमा देखिएको र अहिले विश्वलाई हल्लाईरहेको कोारोना भाईरस नयां कोरोना भाईरस भएकाले यसलाई नोभेल कोरोना भाईरस भनियो र विश्व स्वास्थ््य संगठनले यो नयां कोरोना भाईरसको संक्रमणका कारण उत्पन्न रोगलाई Corona Virus Disease -COVID19 नाम दिएको हो । विश्वभर फैलिरहेको यो महामारी र यस महामारीको मुख्य नायक कोरोनाको उत्पत्ति, इतिहास, गति, प्रकति र चरित्र, उपचारका लागि औषधी, महामारीको प्रभाव र फैलावट, यसका सुचालक र कुचालक जस्ता विषयमा व्यापक अनुसन्धान भै रहेको छ । मार्च ३१विहान दिउंसो १५.०० वजे सम्म करिव ०८.०० लाख संक्रमित, करिव ३८ हजारको मृत्यु र संक्रमित मध्य करिव १ लाख सत्तरी हजार उपचार पछि सन्चो भै सकेको अवस्था छ भने संक्रमितको वढी संख्या हुने देशको सूचीमा संयुक्त राज्य अमेरिका, इटाली र स्पेनले चीनलाई उछिनेका छन् । अहिले विश्व भरी फैलिएता पनि यो भाईरसको संक्रमणको महामारीले यूरोपेली देशहरु अलि वढी प्रभावित छन् ।यो अवस्था सम्ममा पनि कोरोना भाईरस र यसको महामारीका वारेमा केही स्पष्टताका वावजूद यस महामारीका वारेमा केही प्रश्न र केही उप प्रश्नहरु अझैं अनुत्तरित नै छन् ।

१. को्रोना भाईरस के हो र यो मानिसमा कसरी सर्दछ ?

कोरोना भाईरस भाईरसहरुको एक परिवार वा समूहको नाम हो । अध्ययनहरुले सन् २००२ मा चीनमा सार्स – कोभ नाम दिइएको कोरोना भाईरस चमेरो तथा विरालोवाट र सन् २०१२ मा सउदी अरवमा उंटवाट मानिसमा सरेको थियो भनिन्छ । सन् २०१९ डिसेम्वरमा चीनको जनावरहरुको व्यापार हुने प्रमुख शहर वुहानवाट शुरु भएको वर्तमान महामारीको क्रममा चमेरावाट मानिसमा सरेको भनिन्छ, यो भाईरस चमेरावाट सिधै मानव शरीरिमा प्रवेश गरेको हो वा चमेरावाट अन्य कुनै जीव मार्फत मानव शरीरिमा आएको हो भन्ने अनिश्चित नै छ ।

२. कति मानिस प्रभावित छन् ?

विश्वमा अहिले करिव ८ लाख मानिस संक्रमित भएको पुष्टि भएको छ, तर यो संख्या समग्र संक्रमितहरुको एउटा अंश मात्र हुन सक्छ । किन भने एका तिर कुनै लक्षण नदेखिएका मानिस पनि संक्रमित भएको दखिएको छ भने सम्भावित संक्रमितको खोजी, पहिचान र परीक्षण नेपाल लगायतका धेरै देशमा व्यापक रुपमा हुन वांकी नै छ ।

३. कोरोना भाईरस कत्तिको प्राणघातक छ ?

हरेक दिन सयौं, हजारौंको संख्यामा कोरोना भाईरसका नयां संक्रमितहरु देखा पर्ने गरेका छन् । मृत्यु हुनेहरुको संख्या पनि वढ्दो क्रममा छ । संक्रमितहरु मध्य मृत्यु हुनेहरुको प्रतिशत समय समयमा परिवर्तन भै रहने गरेको छ । एक समयमा संक्रमित मध्य मृत्यु हुने १ प्रतिशत देखिन्छन् भने अर्को समय १.५ प्रतिशत, अर्को समयमा २ देखि ३ प्रतिशत, यस्तै भै रहेको छ । तर अत्यधिक मात्रामा लक्षण नदेखिएका संक्रमित पनि रहेकाले वास्तविक मृत्यु दर अफैं अनिश्चित छ । संक्रमित मध्य मृत्यु भएकाको सोझै प्रतिशत निकाल्दा प्रतिशत वढी देखिएता पनि धेरै विरामीहरु लक्षण नदेखिएकै हुुने भएकाले मृत्यु दरकम नै हुन्छ । ८० प्रतिशत विरामीमा अति सामान्य प्रकारकै लक्षण हुन्छ । १० प्रतिशतमा मध्यम स्तरको लक्षण र अवस्था हुन्छ । वांकी १० प्रतिशतलाई मात्र स्वास प्रश्वासमा समस्या, ज्वरो कम नहुने र कमजोर वन्दै जाने हुन्छ, यिनमा पनि धेरै कम व्यक्ति अति जोखिममा र मृत्युको मुखमा पुग्दछन् ।

४. पूरा लक्षण के हुन्छ ?

यो भाईरसको मुख्य लक्षण ज्वरो आउने र सुख्खा खोकी लाग्ने हो । केही संक्रमितमा घांटी खुख्ने, स्वास फेर्न गाह्रो हुने, थकान महसूुस हुने, टाउको दुख्ने र पखाला पनि लाग्ने गरेको छ । त्यस्तै कतै कतै भाईरसका संक्रमितले गन्ध सुंघ्ने शक्ति गुमाएको पनि थाहा भएकोछ । महत्वपूर्ण कुरा त के भने सामान्य संक्रमितमा पनि रुघाखोकी जस्तो् लक्षण पाइन्छ । तर, कुनै लक्षण नदेखिए पनि भाईरसको संक्रमण हुन सक्ने पनि पुष्टि भईसकेको छ ।

५. जोखिमयुक्त उमेर समूहर वर्ग कुन हुन्छ ?

केही मात्रामा वालवालिका र कम उमेरका मानिसहरु पनि कोरोना संक्रमणवाट पीडित र मृत्यु भएता पनि त्यो अवस्था निकै न्यून रहन्छ, मूलत स्वास्थ्य प्रति विगत देखि नै हेलचेक्र्याई गर्दै आएका, रोग प्रतिरोध क्षमता कम भएका, शरीर र मन दुवै कमजोर भएका ५५–६ं० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दीर्घरोगीहरु नै जोखिममा देखिन्छन् ।

६. कोरोना भाईरस के गर्मीमा हराउंछ ?

रुघाखोकी तथा मौसमी फ्लु सामान्यतया गर्मीमा भन्दा जाडोमा देखिन्छ । तर अहिले सम्म कोरोना भाईसर गर्मीयाममा फैलिन्छ वा फैलिदैन भन्ने वारेमा फरक फरक मतहरु छन् । धेरैले गर्मीयाममा भाईरसको फैलावट निकै कम हुंदै जाने अपेक्षा गरेका र केही वैज्ञानिकले यो भाईरसको परिवर्तित चरित्र अध्ययन गर्दा यहाम्रो अनुमान विपरित मौसमी असर देखाउन सक्ने तर्फ पनि सचेत गराएका छन् । आउंदो गर्मीयाममा यो भाईरस नियन्त्रणमा आएन भने आउने जाडो मौसममा यसले थप जटीलता निम्त्याउन सक्ने वारेमा हामी जागरुक हुनु पर्दछ ।

७. कोरोना भाईरसको औषधी वा शूई पत्ता लागेको छ त ? उपचार कसरी हुन्छ ?

यो रोग नयां नै भएकाले हाल सम्म यो रोग विरुद्धको कुनै प्रमाणिक र विश्वस्त शूई वा औषधी हाल सम्म पत्ता लागेको छैन । केही समय पछि शूई वा औषधी आउन सक्छ । हाल सम्म निमोनिया, ज्वरो खोकीेको उपचार तथा सघन एवं राम्रो स्वास्थ््य स्याहार नै पनि प्रभावकारी देखिएको छ ।

८. कति समयमा प्रतिरोधी क्षमता सकिन्छ ?

अहिले सम्म यस विषयमा धेरै आशंका देखिएको छ, तर केही तथ््य फेला परेका छन् । हाम्रो शरीरमा यो भाईरस कति समय सम्म सम्म रहन सक्छ भन्ने कुरा मानिसको रोग प्रतिरोधी क्षमतामा भर पर्दछ । मानवले रोग प्रतिरोधी क्षमता वढाउंदै लिन सकेमा भाईरस विरुद्धको लडाई मानवको पक्षमा जान्छ भने मानवको रोग प्रतिरोधी क्षमतामा ह्रास आउंदै गएमा लडाई भाईरसको पक्षमा जान्छ, रोगी मानवलाई गाह्रो हुंदै जान्छ र मृत्युको सम्भावना रहन्छ, तर विर्सन नहुने कुरा के हो भने संक्रमित मध्य धेरै कम मनिसको मात्र मृत्यु हुन्छ ।

 

९. यो भाईरस जीवित जीव हो यो होइन ?

 

कतिपयले यसलाई जीवित भाईरस भन्छन् भने जोन हप्किन्स विश्व विद्यालयका केही अनुसन्धानकर्ताहरुले यो भाईरस जीवित जीव नभएको वरु निर्जीव अनु मात्र भएको प्रतिवेदन दिएका छन्, यो प्रश्नको पनि प्रमाणिक र सही उत्तर आएको छैन ।

१०। रुप परिवर्तन होला ?

भाईरसहरुले आफ्नो रुप परिवर्तन गरिरहेका हुन्छन् । तर उनीहरुको वास्तविक चरित्र र कार्य प्रकृतिमा ठूलो अन्तर देखिदैन । सामान्यतया दीर्घकालिन रुपमा भाईरसको प्रकोप घट्दै जान्छ । तर यो पूर्णत सत्य नहुन सक्छ । रुप परिवर्तनको गति, प्रक्रिया र चलाखी पनि एकै सवै भाईरसको एकै नासको हुंदैन । नोभेल कोरोना भाईरसले पनि आफ्नो रुप जति तिव्र गतिमा परिवर्तन गर्ने छ, मानिसको रोग प्रतिरोधी क्षमताले वुझ्न सक्दैन र विशेष खोपले पनि काम गर्दैन ।

११। वर्तमान समयमा हाम्रो भूमिका के हुन्छ?

हामी आम मानिसहरुले भाईरसको प्रसार चक्र चिन्न र यो चक्र तोड्न सहयोग गर्नु मुख्य कर्तव्य हो । यसमा प्रमुख कुरा सामाजिक दूरी कयअष् िमष्कमबलअष्लन कायम गर्ने हो । यो मानव जातीको सामुहिक वैश्विक लडाई भएकाले यसमा जीत प्रति आश्वस्त रहने । लकडाउनको अवस्थामा इमान्दारी र अनुशासित पूर्वक घरमै वस्नु पर्दछ । लकडाउनको समयलाई उत्पादनशील र श्रृजनशील वनाई रहनु पर्दछ । भीडभाडमा जांदा अनिवार्य रुपमा मास्क लाउनु पर्ने कुरा नविर्सने । सवै मिलेर घर भित्रका कामहरु सम्पन्न गर्ने । वालवालिकाहरुलाई नियाश्रो लाग्न नदिन परामर्श दिईरहने ।सकारात्मक, खुसी लाग्ने, रमाउने, जीवन उपयोगी ज्ञान, उत्साह, विश्वास र एकताका कुरा गर्ने । सवैको स्वास्थ््य अवस्था प्रति सदैव सजग रहने ।

जोखिमपूर्ण अवस्थामा सावुनपानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा भा्रमक हल्ला र अफवाह आउन सक्छन्, त्यसवाट दिग्भ्रमित नहुने । आफु धैर्यवान वन्ने र अरुलाई पनि उर्जा र उत्प्रेरणा सहितका सत्य तथ््य सल्लाह र परामर्श दिने । आफ्नो र परिवारका सदस्यहरुको मनोवल वढाईरहने । विशेष गरी परिवारका सदस्य र संचार सम्पर्कमा आउनेहरुलाई सकारात्मक भूमिकाका लागि उत्प्रेरित गर्ने ।

लकडाउन अवधीमा गर्न नपाएका विभिन्न वाह्य परीक्षा र कार्यक्रमहरुलकडाउन पछि कसरी गर्ने भन्ने भावी योजना समेत वनाउने । लकडाउन अवधीमा घरमै वसेर गृहकार्य, शोधपत्र र कार्यपत्र लेखन, साहित्यिक तथा अन्य श्रृजनशील लेखन र अध्ययनका कामहरु गर्ने । व्यस्त समयमा पढ्न, हेर्न नपाएका दस्तावेजहरु हेर्ने । मानव धर्म, प्रकृति र मानवको अन्तर सम्वन्ध, प्रकृतिको अनावश्यक दोहनको प्रतिफल, मानव अनुशासन, नैतिकता जस्ता विषयमा हराउंदै गएको दायित्ववोधको समीक्षा गर्ने र नयां सिकाईहरु प्राप्त गर्ने । आफुलाई जानकारी भएको र सामाजिक लाभको विषयलाई सामाजिक सञ्जाल मार्फत प्रवाह गर्ने । नयां नयां लाभदायक सूचनाहरु लिईरहने । सामान्य प्रकारको शाकाहारी भोजन लिने ।नजिकका आफन्तहरु संग समय समयमा फोन सम्पर्कमा रहने । सरकार, स्वास्थ््यकर्मी, सुरक्षाकर्मी, जन प्रतिनिधि र सामाजिक अगुवाहरुको सल्लाह, निर्देशन र आधिकारिक सूचनामा विश्वास गर्ने ।
अन्तमा, मूल दायित्व, अत्यावश्यक सामानको जोहो गर्दै – घर भित्रै रहने, घर भित्रै रहने, घर भित्रै रहने । धन्यवाद ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad