भेरी किनारामा युवक मृत फेला

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा नजिकै भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
शिवालय गाँउपालिका वडा नम्बर २ निवासी २९ बर्षिय देवबहादुर दमाई भेरी नगरपालिका १३ कुदु नजिकै भेरीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी कामको सिलसिलामा केही दिन अघि सदरमुकाम आएका थिए । उनका आफन्तले हत्याको आशंका गरेका छन् । शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले घटनाबारे सत्यतथ्य छानवीन गर्न प्रहरीललाई आग्रह गरेका छन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad