हेमन्त केसी । जाजरकोट
पत्रकारिता समाजमा भएका विभिन्न घटना , विषयवस्तु , विचार , सवालहरुको उजागर वा उठान गर्ने मात्र होईन , तिनको व्यवस्थापनमा आम जनमत निर्माण गरी समाजलाई सही दिशानिर्देशन गर्न सघाउ पुर्याउनु पनि हो । त्यसैले यसरी विभिन्न विभिन्न विधामा अलग्गै रिपोर्टिङको विकास गरिएको हो , जसले हरेक , क्षेत्र , घटना र विषयको समाधान खोज्ने र समस्यको समाधानमा सघाउन सकोस् । यस्तो कार्यले सत्यको खोजी मात्र होइन , सत्यलाई स्थापित गर्ने प्रयासमा पनि सहयोग नै पुर्याउने छ । द्घन्द्घ समाधान वा द्घन्द्घ संवेदनशील पत्रकारितामा यी कुराहरु अझ बढी सान्दर्भिक हुन्छन् । पत्रकारिताले द्घन्द्घ कम गराउन र समाजको पुर्ननिर्माणमा नागरिकहरुलाई सघाउन सक्छ भन्ने कुरा धेरै अध्ययनले देखाएकै छन् । द्घन्द्घ समाधान वा द्घन्द्घ संवेदनशील पत्रकारिताले नागरिकहरुलाई शान्तिपूर्वक बाँच्न सघाउने उदेश्य राखेको हुन्छ । समाजमा द्घन्द्घ हुन नदिने र भयो भने पनि त्यसलाई बढ्न नदिने शान्ति पत्रकारिताको मुख्य र न्यूनतम उदेश्य हुनुपर्दछ ।
शान्ति पत्रकारिता द्घन्द्घ समाधान पत्रकारिता वा द्घन्द्घ संवेदनशील पत्रकारिता जे भने पनि यसको मुख्य उदेश्य सबैको सहअस्तित्वको सम्मान र रक्षा गदैं सत्य , तथ्य , विश्वसनीय , निष्पक्ष , सन्तुलित , वस्तुनिष्ठ समाचार तथा विचारहरुको प्रवाह मार्फत शान्तिप्रिया जनमत निर्माणमा सहयोग पुर्याई समाजलाई दिगो शान्तिको मार्गमा अविचलित रुपमा डोर्याउनु हो । यसले समाजमा शान्ति एवं मैत्रीपूर्ण वातावरण निर्माण गर्न सघाउने त्यसका लागि उत्तेजना , भड्काउ आवेग , द्धेष सिर्जना गर्ने खालका समाचार , टिप्पणी तथा विचारहरुलाई निरुत्साहित गर्ने काम गर्दछ । शान्ति पत्रकारिताको यो नै सबै भन्दा महत्वपूर्ण कुरा हो । पत्रकारिता निश्चय पनि द्घन्द्घ अत्य गर्ने औजार वा हतियार होईन । यसले हतियार प्रयोग गरेर द्घन्द्घ दबाउन अथवा अन्त्य गर्न खोज्दैन किनभने पत्रकारितासँग कलमबाहेक अर्को शक्तिशाली हतियार नै छैन । पत्रकारिता द्घन्द्घ समाधान गर्ने पेसा पनि होईन । किनभने यसले कुनै गैरसरकारी संघ , संस्था खोलेर द्घन्द्घका विज्ञहरु राखेर यस विषयको निकास निकाल्ने विकल्पहरुको खेती पनि पत्रकारिताले गर्दैन । तर पत्रकारिताले द्घन्द्घ समाधानमा आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुराचाँही सत्य हो ।
शान्ति पत्रकारिताका मुल्य मान्यता , आर्दश र सीपहरुको सही र व्यवसायिक प्रयोगले द्घन्द्घ समाधानमा जति ठुलो सहयोग पुर्याउछ , त्यो भन्दा धेरै गुर्णा बढी हानि पत्रकारिताको गलत अभ्यासले गरिरहेको हुन्छ । यस विषयलाई पत्रकारहरुले मनन गर्नु पर्छ । अहिले विश्वमा नै द्घन्द्घ छ । द्घन्द्घबाट संसारका कुनै पनि पनि कुना अछुत छैन । कुनै हतियारका द्घन्द्घ अथवा सशस्त्र द्घन्द्घ होला त कत्तै राजनीतिक अनि केही भूगोलमा , धार्मिक र जातीय द्घन्द्घ । यस्ता द्घन्द्घले संसार धेरै देशलाई अहिले पनि छाडेको छैन । त्यसैले पनि द्घन्द्घको समाधान गर्ने पत्रकारिताको खाँचो दिन , प्रतिदिन महसुस हुँदै गएको छ । द्घन्द्घको चपेटामा व्यक्ति , समाज , देश र विश्व नै फसेको छ । राजनीतिक, आर्थिक , सामाजिक यस्ता धेरै प्रकृतीका द्घन्द्घको समाधानका लागि अहिलेको विश्वमा हतियारको भन्दा बढी पत्रकारिताको खोजी गरिरहेको छ ।
पत्रकारिताको उत्तम अभ्यास धेरै कुराहरुमा निर्भर गर्दछन् । सब भन्दा महत्वपुर्ण कुरा त पत्रकािरताको लागि मुलुकमा शासन व्यवस्था प्रजातान्त्रिक छ छैन , पूर्ण प्रेस स्वतन्त्रता छ छैन , पर्याप्त प्रेस कानुनहरु विद्यमान छ छैन । मुलुकको संविधान ऐन कानुनहरु प्रेस मैत्री छन् छैनन् भन्ने हो । यि कुराहरु छैनन् भने पत्रकारिताको सही अभ्यास गर्न गाह्रो पर्छ । सरकार , विद्रोही समुहहरु विभिन्न धार्मीक तथा जातीय अतिवादीद्धारा सृजित हस्तक्षेप नियन्त्रण डर धामधम्कीको अवस्था छ भने पनि स्वतन्त्र पत्रकारिताको अभ्यास कठिन हुँने छ ।
शान्ति पत्रकारिता अझ बढी संवेदनशील हुने हुनाले समाचारमा आवश्यक पर्ने सन्तुलन । निष्कक्ष , वस्तुनिष्ठ , आधिकारिक विश्वसनियजस्ता कुराहरुमा कुनै किसिमको सम्झौता स्वीकार्य हुन सक्दैन । द्घन्द्घको रिपोर्टिङ द्घन्द्घ समाचार लेखन तथा प्रस्तुती सहज अवस्थाको पत्रकारिता भन्दा निश्चर्य नै भिन्न हुन्छ र हुन पर्छ । जव द्घन्द्घको समाचारमा द्घन्द्घको कुनै एक पक्षको मात्र पक्षपोषण गर्ने र अर्कोलाई वास्ता नगर्ने अर्को पक्षको विचारलाई नसमेटने हो भने त्यसले गम्भीर परिणाम निम्त्याउने छ , त्यसले थप द्घन्द्घ बढाउने मात्र होईन ममाचारदाता माथि पनि जोखिम बढ्न सक्छ । विचार नसमेटिएको पक्षले पनि तारो बनाउन सक्छ ।