स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

lagu ausadhi biruddha abhiyan jajarkot

२१ लाखको विपद ब्यवस्थापन कोष

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिकाले स्वास्थ्यकर्मीलाई तलबको थप ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको अभियानमा नलगाडका नागरिकका लागी रातदिन खटिने स्वास्थ्यकर्मीलाई लकडाउन अवधीभर तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य संस्थामा काम गर्ने प्रत्येक स्वास्थ्यकर्मीलाई मासिक तीन हजार जोखिम भत्ता र संक्रमण नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई दैनिक दुई सय ५० रुपैया भत्ता दिने निर्णय गरिएको उनले बताए । कोरोना रोकथामको लागी खटिने जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न पाँच लाखको जीवन विमा गर्ने, यस अवधीमा विरामी हुने राष्ट्रसेवकलाई ५० हजार रुपैया सम्मको औषधोपचार गर्ने निर्णय गरिएको छ । नगरकार्यपालिकाको आईतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई प्रति परिवार एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्न आग्रह गर्ने समेत निर्णय भएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रु २१ लाख रकम जम्मा गर्ने निर्णय गरिएको प्रमुख रावलले बताए । ‘कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी र स्वास्थ्यकर्मीको मनोवल बढाई कोरोना विरुद्धको महाअभियानमा सफल हुन यस्तो निर्णय गरेका हौ’नगरप्रमुख रावलले भने ‘त्रिभुवन मावि दल्लीमा तत्काल क्वारेन्टाइन बनाउने आवश्यक औषधि खरिद गर्ने, वडा–वडा कोरोना रोकथाम तथा नियन्त्रणका लागी गठित समितिलाई थप प्रभावकारी बनाउने, लकडाउनको समयमा कसैले जुवातास खेल्ने, माछा मार्ने लगायत कार्य गरे कानुन अनुसार हदै सम्मको कारवाही गर्ने निर्णय भएको छ ।’

भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको लगत सङ्कलन कार्य जारी रहेकाले सो कार्यको जानकारी दिन नगरवासीलाई आग्रह गरिएको छ । सूचना लुकाएर सबैलाई जोखिम तथा समस्यामा नपार्न उनको आग्रह छ । क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै भारत र अन्य मुलुकबाट आएकाहरुले सुचना लुकाउने गरेका छन् । जसले गर्दा विदेशबाट कति भित्रिए भन्ने तथ्यांक संकललन गर्न गाह्रो भैरहेको नगरपालिकाले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad