वडाध्यक्षले आफैले बाँडे घरघरमा साबुन

lagu ausadhi biruddha abhiyan jajarkot

ज्योतिखर शर्मा । जुनीचाँदे

जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यध्यक्ष रामबहादुर नेपालीले साबुन वितरण गरेका छन् । कोरोना भाइरसबाट जोगिन र जोगाउन वडा भित्रका सात सय घरधुरीलाई वडाध्यक्ष नेपालीले आफ्नै लगानीमा साबुन बाँडेका हुन् ।

गाँउलेहरुमा साबुनपानीले हात धुने बानी नभएकाले हात धुन सिकाउनका लागी पनि आफुले साबुन बाँडेको उनले बताए । उनले भने ‘हात धुने बानीको विकास होस र कोरोना लगायतका संक्रामक रोग नलागोस भनेर आफ्नो वडाबासीलाई निशुल्क रुपमा साबुन बाँडेको हुँ ।’

उनले आफ्नै घरमा पाँच कोठाको क्वारेन्टाइन बनाएका छन् । भारत लगायत अन्य मुलुकबाट आएकालाई १४ दिन सम्म राख्न वडाध्यक्षले क्वारेन्टाइन बनाएका हुन् । उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार र कतारबाट आएका दुई जनालाई राखिएको छ । संक्रमण फैलिएर जोखिम बढ्नु भन्दा गाँउमा अर्को घर खाली थियो । त्यही क्वारेन्टाइन बनाए । संक्रमण फैलिए स्वास्थ्य सेवाको पहुँच नभएकोले पनि पुर्वसर्तकता अपनाएका हौ उनले भने । यसैवीच जुनीचाँदे गाँउपालिकाले पनि गाँउपालिका भित्रका सवै घरधुरीलाई निशुल्क सावुन वितरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत सर्वदल शाहीले बताए

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad