March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्यकर्मीका लागी स्थानिय स्तरमा निर्मित सुरक्षा सामग्री (पीपीई) वितरण

राजेन्द्र कार्की । जाजरकोट
स्वास्थ्यकर्मीले लगाउने ब्यक्तिगत सुरक्षा सामग्री(पीपीई) नहुँदा बारेकाट गाँउपालिकाको स्वास्थ्य शाखाले आफैले स्थानिय स्तरमा तयार पारेर वितरण गरेको छ । स्वास्थ्यकर्मीका लागी गाउन, टोपी र मास्क वितरण गरिएको हो ।
हामीले कपडा किनेर स्थानिय स्तरमै तयार पारेर पिपिई वितरण गरेका छन् स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले भने ‘स्वास्थ्य चौकीमा खटिने स्वास्थ्यकर्मीको ब्यक्तिगत सुरक्षाका लागी पिपिई तयार बनाएर वितरण गरेका हौ । १० स्वास्थ्य संस्था र २ ओटा हेल्प डेस्कमा कार्यारत ४० बढी स्वास्थ्यकर्मीका लागी गाँउपालिकाको सहयोगमा पिपिई तयार बनाएर वितरण गरेका छौ ।’ जिल्ला सदरमुकामको जाजरकोट अस्पतालमा पिपिई नभएपछि विकल्प स्वरुप स्थानिय स्तरमै तयार गर्न बाध्य भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । स्वास्थ्यकर्मीले घर भित्र बस्न, जनचेतना फैलाउन र आवश्यक परामर्श दिने कार्य गरिरहेको अध्यक्ष शाहले बताए । ‘भारत लगायतबाट आएका ७ जनालाई होम क्वारेन्टाइनमा राखेका छौ । हामीले गाँउपालिकामा कोरोनाको संक्रमण भित्रन नदिन गाँउपालिका भित्र कडा निगरानी गरिरहेका छौ ।’उनले भने ।

गाँउपालिकामा काेराेनाे भाइरस Covid- 19 सन्दर्भमा नेकपा नेता डम्बर बहादुर सिंह, नेपाली काँग्रेस नेता भूमिलाल राेकाया, बिरेन्द्र ऐश्वर्य मा.बि. लिम्साका प्रधानाध्यापक गाेरख बहादुर सिंह, इलाका प्रहरी कार्यालय रामिडाँडाका प्रहरी निरिक्षक हेरम्ब पाण्डे स्वास्थ्य संयाेजक बिरराज सिंह र निमित्त प्रमुख प्रशासकिय अधिकृत गाेबिन्द सिंह र प्रहरी सहायक निरिक्षक प्रमाेद जंग शाह लगायतकाे महत्त्वपूर्ण छलफल र परामर्श भएको छ । कार्यापालिकाकाे चैत्र ९ गतेकाे निर्णय अनुसार बिरेन्द्र ऐश्वर्य प्रा. बि. काे भवनमा १० बेडकाे क्वारेन्टाइन सोमवार देखि नै संचालनका लागि तयारि गर्ने र Lockdown लाई प्रभावकारि बनाउन सवै तह र क्षेत्र लागि पर्ने र साेहि अनुसार निर्देशन गर्ने लगायत महत्त्वपूर्ण छलफल भएको गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad