राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरीचित समुहले कुटपिट गरि हातखुट्टा भाँचिदिएका छन् ।
शनिवार बेलुका गाँउ नजिकैबाट घर फर्कने क्रममा मुखमा पट्टी लगाएका ४÷५ जनाको समुहले मरनासन्न हुने गरी कुटपिट गर्दा उनको दुवै खुट्टा र एउटा हात भाँचिएको नगरप्रमुख लालबहादुर महताराले बताए । हात खुट्टा भाँचेर उनलाई पाखो बारीमा फालिएको अवस्थामा स्थानियले फेला पारेर घर पुरयाएका थिए । कसले किन उनलाई कुटपिट गरेको हो भन्ने बारे अहिले सम्म केही खुल्न नसकेको नगरप्रमुख महताराले बताए । उनलाई उपचारका लागी नेपालगञ्ज लैजाने तयारी भैरहेको छ ।
भारत लगायतका मुलुकबाट भर्खर गाँउ पुगेका मानिसहरुलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहलाई आक्रमण गरिएको हो । अध्यक्ष सिंहको स्वास्थ्यलाभको कामना गदै नगरप्रमुख महताराले दोषी पत्ता लगाई आवश्यक कारवाही गर्न माग गरेका छन् । उक्त घटनाको सर्वत्र निन्दा एवं भत्र्सना गरिएको छ । उनी नेकपा जाजरकोटको सचिवालय सदस्य हुन् ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने समुह पत्ता लगाई आवश्यक कारवाही गर्न इलाका प्रहरी कार्यालय बडावनबाट एक टोली खटाईसकिएको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए ।