मौसमी रुघाखोकीका सय विद्यार्थीको उपचार

राजेन्द्र कार्की । जाजरकोट
सिजनल फ्लुले थलिएका जाजरकोटको भेरी नगरपालिका ७ पुन्मा स्थित सरस्वती माध्यमिक विद्यालयका सय बढी विद्यार्थीको उपचार गरिएको छ । विद्यार्थीमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले उपचार गरेको हो । बार्षिक परीक्षा दिने क्रममा सोमवार विद्यालयका धेरै जसो विद्यार्थी विरामी परेका थिए । धेरै विद्यार्थी एकै पटक विरामी भएपछि वडा कार्यालय र विद्यालयले तत्काल नगर स्वास्थ्य शाखामा खवर गरेको थियो ।

एकै पटक धेरै विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख निशा थापाको नेतृत्वमा उपचारका लागी औषधी सहितको स्वास्थ्यकर्मीको टोली तत्काल खटाएको थियो । स्वास्थ्यकर्मीको टोलीले एक सय १७ जना विरामीको चेक जाँच गरेकोमा विद्यार्थी मात्र एक सय चार जना थिए । एक देखि नौ कक्षा सम्मका ति सवै विद्यार्थीलाई एकै किसिमको समस्या देखिएको छ ।

अधिकांशमा घाँटी दुख्ने ( टन्सिलको समस्या), रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्ष्यण देखिएको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताईन । भर्खर पानी परेको, मौसम परिवर्तन हुन थालेको र अधिकांश विद्यार्थीले पातलो कपडा लगाएर स्कुल आउने गरेको पाईयो । चिसोले गर्दा धेरै विद्यार्थीमा सिजनल फ्लु देखिएको थापाले बताईन । उनले भनिन—‘यो सामान्य खालको मौसमी रुघाखोकी हो । विस्तारै ठिक भैहाल्छ । आत्तिनु पदैन ।’ नियमित औषधी खाने, तातोपानी तथा झोलिलो खानेकुरा खाने र न्यानो कपडा लगाउन स्वास्थ्यकर्मीले विरामीलाई आग्रह गरेका छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya