भुमेश्वरमा नयाँ व्यवस्थापन समिति

lagu ausadhi biruddha abhiyan jajarkot

बासुदेव शर्मा । जाजरकोट

भेरी नगरपालिका १३ मा अवस्थित भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको साधारण सभाले अम्बिका प्रसाद आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।व्यवस्थापन समितिको नवौ वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको हो ।

भेरी नदिको किनारमा रहेको पवित्र तिर्थ स्थल सुधार गरि पर्यटकिय क्षेत्रको रुपमापरिचित गर्न ६० जना धर्म प्रति आस्था राख्ने व्यक्तिहरु आजिवन सदस्य भएका छन् । ६० जना आजिवन सदस्यहरुले समिति छनौट गरेका छ । वितग ९ वर्ष पहिले भुमेश्वर गुफा वडार थियो । अहिले उक्त गुफा भुमेश्वर राधाकृष्ण मन्दिरको नामले परिचित छ ।

विहिवार राति ९ वजे सम्पन्न साधारण सभाले अध्यक्षमा अम्विका प्रसाद आचार्य, उपाध्यक्ष पदम वहादुर वटाला, महासचिव गणेश आर सी, सचिव जनक प्रसाद शर्मा, सह सचिव दलविर गिरी, कोषाध्यक्ष मोतिकला गिरी सदस्यहरुमा कृष्ण प्रसाद आचार्य, रत्न प्रसाद आचार्य,लोक बहादुर रावत, सावित्रा आचार्य,कृष्ण भारती, सावित्रा रावत, धनि कमेनी,नदि वर, सावित्रा गिरी, माया गिरी सर्वसम्मत चयन गरेको छ । भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको सल्लाहकार सदस्यमा राम प्रसाद आचार्य रामान्नद गुरु, धु्रव प्रसाद शर्मा, प्रसाद गिरी, शिक्षक मित्रलाल गौतम रहनु भएको छ ।

१ सय ५० भन्दा वढी नागरिकहरुको उपस्थितिमा नवौ साधारण सभा सम्पन्न भएको हो । भुमेश्वर राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले हाल सम्म संकलन गरेको रु ५१ हजार रुपैयाको आय व्यय समितिका सचिव गणेश आर सीले प्रस्तुत गर्नु भएको थियो ।
नवौ साधारण सभा उदघाटन कार्यक्रममा सल्यान, रुकुम पश्चिम जिल्लाबाट श्रद्धालु भक्तजन तथा धर्म संस्कृति प्रति आस्था राख्ने अग्रजहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी तथा मन्दिर व्यवस्थापन समिति सल्लाहकार सदस्य ध्रुव प्रसाद शर्माले जाजरकोटको प्रवेश द्धारमा अवस्थित भुमेश्वर तथा राधाकृष्ण मन्दिरलाई पर्यटकिय स्थलको रुपमा परिचित गराउन सरोकारवालाले ध्यान दिनु पर्ने वताउनु भयो । जाजरकोटका पर्यटकिय स्थल कालेगाउको शिवालय मन्दिर, मछाईनको मालिका मन्दिर, साङट गुफा जगतिपुरको जक्तिसिह महाराजको दरवार निर्माणको लागी वजेट विनियोजन हुने कुदुको धार्मिक पर्यटकिय स्थल प्रकृतिले दिएको गुफा संरक्षणमा सरोकारवालाहरुले ध्यान भयो । नदिएको वताउनु भयो ।
भेरी नगरपालिकाबाटविनियोजन गरेको वजेटले पर्यटकिय स्थलको व्यवस्थापन भन्दा पनि उपभोक्ता समितिको व्यवस्थापन गरेकोले प्रयाप्त वजेट विनियोजन गर्न आग्रह गर्नु भयो ।वर्तमान सकारकारमा यसै नगरपालिकाबाट बन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेत हुनु हुन्छ । उहाँले धार्मिक क्षेत्रहरुलाई संरक्षण गरि पर्यटन प्रवद्र्धनका लागी पहल गर्नु पर्ने वताउनु भयो ।
भेरी नगरपालिका १३ का वडा सदस्य सुर्य वहादुर रोकायले भेरी नगरपालिकाबाट केहि वजेट विनियोजन गर्ने गरेको बताउनु भयो । संघिय सरकार, प्रदेश सरकार समक्ष धार्मिक पर्यटकिय क्षेत्रको संरक्षणको लागी प्रस्ताव पेश गरेका छौ । माथिल्लो निकायमा हाम्रो पहुच नपुगेकोवताउनु भयो ।

९ बर्ष पहिले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समिति दर्ता गरिएको हो । भुमेश्वरमा आउने बजेट मन्दिर व्यवस्थापन समितिलाई व्यवास्था गर्दै आफना नजिकका व्यक्तिहरुलाई उपभोक्ता समिति वनाएर योजना सम्पन्न गर्ने गरिएको छ । आर्थिक अभावले मन्दिर व्यवस्थापन समितिले नविकरण गर्न सकेको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad