जुनीचाँदे गाँउपालिकाका अध्यक्ष सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै सोही गाँउपालिकाकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाही र उपाध्यक्ष शिवा आचार्यका पति चन्द्रबहादुर बस्नेत विरुद्ध पनि मुद्धा दायर भएको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाही

अध्यक्ष केसी र सोही गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गे्निङ गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । गाँउपालिका भित्रको लामातरा—गर्खाकोट सडक निर्माण गर्ने क्रममा निर्माणको जिम्मा लिएका डोजर मालिकबाट ८ लाख घुस रकम लिदाँलिदै अख्तियारले गाँउपालिका अध्यक्ष केसी र बस्नेतलाई सुर्खेतबाट गत माघ १० गते पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा वडाध्यक्ष शाहीको समेत संललग्नता रहेको भन्दै केही दिनपछि उनलाई पनि पक्राउ गरेर पुर्पक्षका लागी थुनामा राखिएको थियो । कमिसनका लागि केसी र शाहीले डोजरमालिका र सेवाग्राहीलाई पटकपटक धम्की दिएको समेत अख्तियारले उल्लेख गरेको छ ।

चन्द्रबहादुर बस्नेत

अख्तियारको अनुसन्धानको क्रममा नगद लिएको, बैंक खातामा जम्मा गर्न, विभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाएर २५ लाख ५० हजार घुस लिएको खुलेको थियो । अख्तियारको आरोपपत्रमा केसी र शाहीसँग बिगो २५ लाख ५० हजार भराउन र कैद सजाय माग गर्दै उजुरी दर्ता गरिएको छ । केसी र बस्नेत सँग थप आठ लाख रुपैयाको विगो भराई हदै सम्मको कारवाहीको माग गदै मुद्धा दायर गरिएको हो । गाउँपालिका अध्यक्ष केसी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । वडाध्यक्ष शाही भने नेपाली काँग्रेसका हुन् । बस्नेत स्थानिय एक प्राथमिक तहका शिक्षक हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad