मुटुको भल्ब फेर्न नसकेर नेपाली विरामी भारतमा अलपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

दीपबहादुर घर्ती । जाजरकोट

आर्थिक अभाबले मुटुको भल्ब फेर्न नसकेर जाजरकोटका एक नागरिक भारतमा अलपत्र परेका छन् । मुटु भल्बका बिरामी जाजरकोटी भारतको लेहधाकको प्रतापपुर आर्मी अस्पतालमा अलपत्र परेका हुन ।

नलगाड नगरपालिका–९ तात्रगाड निबासी ३५ बर्षिय दानबहादुर सिंह आर्थिक अभावमा मुटुको भल्ब फेर्न नसकेर भारतको लेहधाक स्थित प्रतापपुर आर्मी अस्पतालमा अलपत्र परेको उनको श्रीमति तारा सिंहले  जानकारी दिईन् । गतबर्ष तात्रगाडमा घर बनाउदा आफुहरुलाई २ लाख रुपैया ऋण लागेको जानकारी दिदै ताराले भनिन्–‘घर बनाउदा लागेको ऋण तिर्नका लागि कमाई गर्न भनेर हामी दुई बुढाबुढी भारतको लेहधाक पुगेको दुई महिना भन्दा बढि भयो, लेहधाक पुग्न बित्तिकै उहाँ बिरामी भईहाल्नु भयो ।’

गत माघ १९ गते एक्कासी दाया छाती दुख्न सुरु भएर बेहोस भएका दानबहादुरलाई लहेधाकमा रहेको जिल्ला उप स्वास्थ्य चौकीको ईमरजेन्सी (जेन्डर) मा भर्ना गरिएको श्रीमति ताराले जानकारी दिईन् । लोग्नेलाई बिरामले झनै च्याप्दै लगेपछि प्रतापपुर आर्मी अस्पतालको आईसियुमा राखेर उपचार गरिएको ताराले बताईन् । आर्मी अस्पतालको आईसियुमा राखेर नियमित रुपमा औषधी खुवादा पनि लोग्नेको स्वास्थ्य अबस्थामा सुधार नआएपछि उपचारमा संलग्न डाक्टर योगेश कुमार एसले अप्रेशनको लागि नयाँ दिल्ली रिफर गरेको तारा सिंहले बताईन् । उपचारमा संलग्न डाक्टर योगेश कुमार एसलाई उदृत गर्दै ताराले भनिन्–‘दिल्लीमा अप्रेशन गरेर मुटुको भल्ब फेर्नलाई ६ देखि ७ लाख आईसी लाग्छ रे, यत्रो रकम अर्काको देशमा म कसरी जुटाउन सक्छुर ? अनि म मेरो लोग्नेको उपचार कसरी गरौं ।’

घर बनाउदा लागेको दुई लाख ऋण तिर्नलाई कमाई गरौला भनेर भारत आएको अबस्थामा लोग्ने बिरामी भएपछि विरामीको उपचार गर्ने कुरा त धेरै पर रहयो, उहाँलाई उपचारै नगरी नेपाल फर्काउनलाई गाडी भाँडापनि मसंग छैन ताराले भनिन्–‘घरमा साना तीन छोराको साथमा बुढी सासु आमा हुनुहुन्छ, प्रत्येक महिनामा नलगाडको चौखामा रहेको साना किसान सहकारी संस्था र पश्चिमरुकुम आठबीसकोटको राडीमा रहेको महिला सहयात्रा माईक्रोफाईनान्समा किस्ता बुझाउनु पर्छ, घरमा सासु आमाले किस्ता के गरिरहनु भएको छ ? त्यो पनि केहि थाहा छैन ? घरमा फोन सम्पर्क पनि हुन सकिरहेको छैन ।’

अस्पतालको आईसियुमा राखेर नियमित रुपमा खुवाईने औषधीको बलमा प्राण बचाई रहेका बुढालाई नेपाल फर्काउने गाडी भाँडाको जोसम्म गर्न नसक्ने अबस्थामा रहेकी तारा सिंहले लोग्नेको उपचार खर्च जुटाउनलाई नेपाल स्थित आफन्तजन, संघ, प्रदेश र स्थानीय तहका सरकारसंग अनुरोध गरेर आफुलाई सहयोग गरिदिने पनि कोही नभएको दुखेसो गरेकि छन् । कृषि पेशामा आश्रित हुदै आएका सिंहले घरको जग्गा जमिन बेचेको पैसाले मात्र तात्रगाडमा घर बनाउन नपुगेर दुई लाख ऋण लागेको बताएका छन् ।

बारेकोट गाउँपालिका–५ गैरागाउँका दानबहादुर सिंह तारासंग बिबाह गरेपछि नलगाड नगरपालिका–९ तात्रगाड बस्न थालेका हुन । उनका तीन भाई छोराहरु मध्ये १४ बर्षिय जेठो छोरा शिवराज सिंह कक्षा १० मा अध्ययनरत छन् । ८ बर्षिय माईलो छोरा मानब सिंहले कक्षा ३ मा अध्ययन गरिरहेका छन भने, ४ बर्षिय कान्छो छोरा रिदम सिंहले कक्षा १ मा अध्ययन गरिरहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad