सात बर्ष देखि विद्यालय भवन अलपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम स्थित एक विद्यालय भवन सात बर्ष देखि अलपत्र छ । जिल्लाको भेरी नगरपालिका ३ थाप्लेचौरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको दुई कोठे भवन अलपत्र परेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा आर्थिक बर्ष ०६९÷७० देखि निर्माण थालिएको सो विद्यालय भवनको काम शुरु गरेर अलपत्र छाडिएको छ ।

समयमा प्रयाप्त बजेट विनियोजन नहुँदा भवन अलपत्र परेको विद्यालयले जनाएको छ । २० लाख लागतमा निर्माण हुने भनिएको उक्त भवन निर्माणको बजेट निकासामा मन्त्रालयले ढिलाई गर्दा समस्या परेको हो । पहिलो बर्ष तीन लाख निकासा भयो । त्यो रकमले जग बनाउने काम गर्यौ । दोस्रो र तेस्रो बर्ष क्रमस एक लाख ७४ हजार र एक लाख ५४ हजार मात्र निकासा भयो । थोरै रकमले भवन निर्माणको काम खासै अघि बढ्न सकेन विद्यालयका प्रधानाध्यापक हेरम्ब बहादुर शाहले भने—‘सवै बजेट निकासा गरिदिएको भए त्यतिबेलै भवन निर्माणको काम सम्पन्न भैसक्थ्यो तर अव के गर्ने अहिले मन्त्रालय नै खारेज भैसक्यो । अव झन् कसरी बनाउने ?।’ मन्त्रालयका कर्मचारीले शुरुमै २० प्रतिशत कमिशन मागेका थिए । आफुहरुले बजेट निकासा नहुँदै कमिशन रकम दिन नसक्ने बताएपछि निकासामा आलटाल गरिएको प्रधानाध्यापक शाहको दावी छ । शुरुका तीन बर्ष बजेट निकासमा कन्जुस्याई गरेकै कारण भवन अलपत्र परेको प्रअ शाहको भनाई छ । समयमा भवन निर्माण नहुँदा पठनपाठनमा समस्या परिरहेको छ ।

लामो समय सम्म भवन बन्न नसकेपछि भवन भित्र झारपात उम्रिएको छ । अन्य निकायले पनि अलपत्र भवनको पुर्णताका लागी चासो नदेखाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शाकेन्द्र विक्रम शाहले बताए । भवन निर्माणका लागी विभिन्न निकायमा पहल गरेपनि शान्ती मन्त्रालयले शुरु गरेर अलपत्र छाडेको काममा हात नहाल्ने जवाफ पाउने गरेको बताए । मन्त्रालय खारेज भैसकेपछि सो मन्त्रालयले शुरु गरि अलपत्र परेका आयोजना लाई निरन्तरता दिन अन्य निकायलाई जिम्मा नदिदा यो जस्तै धेरै आयोजना अलपत्र परेका छन् । जाजरकोटमा मात्र शान्ति मन्त्रालयको सहयोगमा निर्माणाधिन तीन दर्जन बढी आयोजना अलपत्र छन् । सरकारी लगानीलाई निरन्तरता दिई काममा पुर्णता नदिदा धेरै योजनाहरु अलपत्र अवस्थामा छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad