राजेन्द्र कार्की । जाजरकोट
बिश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड कर्णालीका जाजरकोट र सुर्खेतमा फेला परेका छन् । जाजरकोटको बारेकोट र सुर्खेतको कांक्रेविहार क्षेत्रको गोरे खागल भन्नेस्थानमा पाँच जोडी लोभीपापी गरुड भेटिएका हुन् ।
जैविक विविधता तथा विश्वमा दुर्लभ धेरै बन्यजन्तु पंक्षि भएको कर्णाली प्रदेशको राजधानी सुर्खेत र जाजरकोटमा लोभीपापी गरुड फेला पारेको पंक्षी संरक्षण संघका केन्द्रिय सदस्य गोविन्दबहादुर सिंहले बताए । यो दुलर्भ पंक्षी कालो रंगको शरीर सेतो मसिना भुवादार घाँटी, लामो रातो खैरो चुच्चो, सेतो छाती, खुट्टा रातो लामा, सिम ओसिलो भएको ठाउमा पाईन्छ । समुन्द्र सतह तीस सय देखि १४ सय मिटर जाजरकोट बारेकोट गाउँ पालिकाको सिमसार ठाउँ सम्म देखिएकोछ ।
हाल जाजरकोटको बारेकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानी क्षेत्रमा आफुले गुढ सहित लोभीपापी गरुड फेला परेको सिंहले बताए । ‘अहिले सम्म पाँच जोडी लोभीपापी गरुड भेटाए’ उनले भने ‘लोप हुने अवस्थामा पुगेको यो पंक्षी गुढ सहित फेला पर्नु खुसीको कुरा हो ।’ यो अग्ला सिमल र सालको रुखमा बस्ने, गुढ लगाउने गर्दछ । रुख फडानी गर्दा गिद्द लगायत यो पंछिलाई असर परेको छ ।अर्को समस्या भनेको बालिमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाई छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ । यसले बालिमा हुने किरा फटयांग्रो भ्यागुतो सर्प मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ ।