गाडीको ठक्करबाट हाउसे बाघको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

हाईना प्रजातिको हाउसे बाघ जाजरकोटमा मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका–११ खोदाखोलामा जंगली जनावर हाउसे बाघ मृत अबस्थामा फेला परेको हो । यो विश्वमै दुलर्भ जनावर हो ।

छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोलामा फेला परेको मृत हाउसे बाघलाई गाडीले हानेर मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय, जाजरकोटमा कार्यरत नायव सुब्बा रिसभदेव खनालको अनुमान छ । स्थानीयका अनुसार डिभिजन वन कार्यालयका कर्मचारी त्यहा पुग्दा हाउसे बाघको मृत्यु भईसकेको थियो नायव सुब्बा खनालले भने–‘हाउसे बाघको टाउकोमा गहिरो चोट लागेको छ ।’

मृत अबस्थामा फेला परेको हाउसे बाघलाई डिभिजन वन कार्यालयमा पुर्याएर भेरी नगरपालिकाको पशुपन्छी विकास शाखाका पशु प्राविधिकले पोष्टमार्टम गरेका छन् । पोष्टमार्टम पश्चात मृत हाउसे बाघलाई जिल्ला प्रहरी कार्यालयका प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, पत्रकार र स्थानीयहरुको रोहवरमा डिभिजन वन कार्यालयको हाता भित्रै गाडिएको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad