समानुपातिक बिज्ञापन प्रणालीको पक्षमा हामी छौं :–मन्त्री बस्नेत

पत्रकारहरुका लागि अझै संघीयता लागु भएको छैन :– अध्यक्ष आचार्य
माया घर्ती ,जाजरकोट
केन्द्र र मोफसलमा संचालन गरिएका संचार गृहलाई समानुपालिक विज्ञापन प्रणाली लागु गर्ने पक्षमा आफु रहेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । नाफामुखी ब्यापारका लागि काठमाडौंबाट संचालन गरिएका कर्पोरेट मिडिया र स्वरोजगार बन्नका लागि मोफसलमा संचालन गरिएका मिडियाहरुको बर्गिकरण गरेर विज्ञापन प्रणालीलाई सन्तुलित गर्नुपर्ने मन्त्री बस्नेतले धारणा राखेका थिए ।
पत्रकारहरुको पेशागत स्वतन्त्रताको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउदै मन्त्री बस्नेतले देश बिकास र सामाज रुपान्तरणका पक्षमा पत्रकारहरुले रचनात्मक भुमिका खेल्नुपर्ने मन्त्री बस्नेतले भनाई राखेका थिए । नेपाल पत्रकार महासंघ, जाजरकोटको संयोजनमा प्रेस काउन्सिल नेपालको आयोजनामा बिहिबार जाजरकोटमा आयोजित पत्रकार आचारसंहिता जागरण जिल्ला स्तरीय कार्यशालामा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । कर्तव्य बिनाको स्वतन्त्रता अराजक र अधिकार बिनाको निर्देशन निरंकुश हुने मन्त्री बस्नेतले भनाई राखेका थिए । संघ, प्रदेश र स्थानीय गरि तीन तहको सरकार संचालन गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भईरहेको भएता पनि पत्रकारहरुका लागि अझै संघीयता लागु हुन नसकेको नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले बताए ।
सिंहदरबारको अधिकार गाउँ÷नगर सरकारलाई भनिएको भएता पनि पत्रकारहरुले प्रेस पास लिन, मिडिया संचालनका लागि कम्पनी दर्ता गर्न, मिडियालाई दर्ता, सुचीकृत र नविकरण गर्न र विज्ञापन माग्न अझै पनि मोफसलबाट काठमाडौं पुग्नुपर्ने अबस्था रहेको अध्यक्ष आचार्यले बताए । समाचार लेखेकै आधारमा पत्रकारलाई फौजदारी मुद्धा हाल्न सकिने प्राबधान राखेर नेपाल सरकारले ल्याउन लागेको काउन्सिल विधेकलाई पत्रकार महासंघले गरेको सडक संघर्षको दबाबमा आंशिक सुधार गरेर राष्ट्रिय सभाबाट पास गरेर प्रतिनीधि सभामा आईपुगेको बताउदै अध्यक्ष आचार्यले पूर्णसुधारका लागि महासंघले अझै दबाव दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ नेपालको सबैभन्दा जेठो नागरिक संगठन भएको बताउदै अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघ विश्वमै समावेशी र लोकतान्त्रिक पद्धतीबाट संचालन भएको बताए । महासंघको पदाधिकारीमा सबै जाति, क्षेत्र, लिङ्ग, समुदाय अटाउन सकिने विधानमा व्यवस्था गरिएको बताउदै अध्यक्ष आचार्यले निर्वाचनबाट पराजित अध्यक्षको उम्मेदवार, निबर्तमान र पुर्वअध्यक्षलाई सल्लाहाकार राख्ने पत्रकार महासंघ बाहेक अन्य कुनैपनि राजनैतिक पार्टी र संघ÷संस्थाहरुको विधानमा व्यबस्था नभएको बताए । देश संघीय संरचनामा गईसकेपछि राजनैतिक पार्टी भन्दा पहिला पत्रकार महासंघ प्रदेश कमिटीको संरचनामा गएको बताउदै अध्यक्ष आचार्यले केन्द्र, प्रदेश, जिल्ला, एशोसेट, प्रतिष्ठानको संचनामा रहेको महासंघ प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने संस्थाहरुमा पहिलो भएको भनाई राखेका थिए ।
जिल्ला स्तरीय कार्यशालामा सहभागी पत्रकारहरुले प्रेस पास लिने र नविकरण प्रणालीलाई सरल बनाउन प्रदेश स्तरीय बनाउनु पर्ने, मिडिया संचालनको लागि कम्पनी दर्ता, संचालन गरिएको मिडिया दर्ता, सुचीकृत, नविकरणलाई सहज बनाउन माग राखेका थिए । लोक कल्याणकारी बिज्ञापनलाई समानुपातिक बितरण गर्नुपर्ने, स्थानीय पत्रिकाहरुले ठेक्का टेण्डरका सुचना प्रकाशित गर्न पाउनुपर्ने, न्युनतम पारिश्रमिकका लागि महासंघले संचालन गरेको अभियानमा राष्ट्रिय मिडियामा कार्यरत जिल्ला रिर्पोटरहरुका समस्याहरुलाई समावेश गर्नुपर्ने माग राखेका थिए । कार्यक्रमको सुरुवातमै मन्त्री बस्नेत र अध्यक्ष आर्चायले संयुक्त रुपमा रिवन काटेर नेपाल पत्रकार महासंघ, जाजरकोटको भवन उद्घाटन गरेका थिए । नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष भीमबहादुर सिंहको अध्यक्षतामा भएको कार्यशालाका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत रहेका थिए भने, विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य रहेका थिए । त्यसैगरि अन्य अतिथिहरुमा पूर्व शान्ति मन्त्री तथा प्रतिनिधी सभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह, प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई, जिल्ला समन्वय समिति जाजरकोट प्रमुख मनबहादुर रावल, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी, प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरिक्षक यज्ञबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, प्रेस संगठन नेपाल कर्णाली प्रदेश संयोजक वीरबहादुर गिरी, पत्रकार महासंघ, जाजरकोट सल्लाहाकार जनक केसी, अस्पताल बिकास समिति अध्यक्ष धर्मशिला बस्नेत, उद्योग बाणिज्य संघ, जाजरकोटका महासचिव ईश्वरी खत्री, च्याम्बर अफ कमर्श, जाजरकोट अध्यक्ष विश्व बिक्रम शाह रहेका थिए । कार्यक्रम पत्रकार महासंघको आफ्नै सभाहलमा सम्पन्न भएको थियो ।
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya