जाजरकोटमा अनौठो बच्चा जन्मियो

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अनौठो बच्चा जन्मिएको छ । जिल्लाको बारेकोट गाँउपालिका ७ स्यालाका मालबहादुर बस्नेतकी श्रीमति दुर्गा बस्नेतले दुई टाउको भएको अनौठो छोरी जन्मिाएकी हुन् । अनौठो बच्चा जन्मिएपछि स्वास्थ्यकर्मी समेत अचम्ममा परेका छन् ।

दोस्रो सन्ताको रुपमा जन्मिएकी उनको जन्मदाको तौल तीन दशमलब २५ केजी रहेको छ । यस्तो जन्मलाई स्वास्थ्यकर्मीले एअनासेफाली भन्दछन् । घरमा बच्चा जन्मिना नसकेपछि बारेकोट ८ सक्ला स्थित स्वास्थ्य चौकी पुरयाईएको थियो । स्वास्थ्यकर्मीको सहयोगमा बुधवार जन्मिएको बच्चाको अवस्था सामान्य रहेको र दुध चुसिरहेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए । उनले टिउमर जस्तो ठुलो डल्लो टाउकोमा जोडिएको बताए । थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिर्फर गरेपनि आर्थिक अभावका कारण घर फर्काएर लगेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए । आर्थिक अवस्था कमजोर रहेको बस्नेत परिवारले सहयोगको याचना गरेको छ । बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले अवस्था हेरेर आवश्यक उपचारका लागी गाँउपालिकाले सहयोग गर्ने सक्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad