अवैध रुपमा काठ काट्ने १२ जना विरुद्ध मुद्धा

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

डिभिजन वन कार्यालय जाजरकोटले अबैध काठ सहित १२ जना काठ तस्करलाई नियन्त्रणमा लिएको छ । कुशे गाउँपालिका ६ को गजेनी पाखा सामुदायिक वन भित्र अबैध रुपले सल्लीको काठ काट्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा कुशे ६, थर्पुभार्माका भरत रोकाय, लालभक्त चलाउने र कर्ण रोकाय छन । सल्यानको दार्मा गाउँपालिका ४, का निरज बिक, केसर विक, पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का भीम केसी, राज कुमार केसी, मानसिंह रावत, अमरसिंह खड्का, तीलक भण्डारी, केसर वली र मानबहादुर वली रहेको जिल्ला बन डिभिजन प्रमुख महेश कुमाईले बताए । एक सय ५४ दशमलब ३९ क्युफिट काठ सहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइ रहेको डिभिजन बन प्रमुख कुमाईले बताए । उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

उक्त सामुदायिक वनबाट आलो सल्लीको रुख काटेर काठ चिरान गरिरहेको अबस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट चार वटा काठ चिरान गर्ने पावर चेन्स मेसिन पनि बरामद गरिएको छ । वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउनुको साथै सोही वन ऐनको दफा ५० ले गरेको व्यवस्था अनुसार सजाय गरिने कुमाईको भनाई छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आबश्यक अनुसन्धान प्रक्रिया अघि वढाईएको छ कुमाईले भने । जाजरकोट जिल्लामा पछिल्लो समय पावर चेन्स मेसिन प्रयोग गरेर काठ तस्करहरुले वन क्षेत्र सखाप पारिरहेका छन् । जिल्ला भर जथाभावी काठ तस्करहरु मौलाए पछि डिभिजन वन कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा निगरानी वढाएको डिभिजन प्रमुख कुमाईले बताए । काठ तस्करीमा संलग्नलाई कडा कारवाही गर्ने कुमाईको भनाइ छ । जथाभावि दार काठ नकाट्न डिभिजन वन कार्यालय जाजरकोटले सवैमा अनुरोध समेत गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad