चार महिना देखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प

राजेन्द्र कार्की । जाजरकोट

 

जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागी आउने विरामी यतिवेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा विरामीहरु हजारौ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा. निशा बुढामगर नहुँदा चार महिना देखि दन्तसेवा ठप्प छ । दन्त चिकित्सक बुढा बाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी विदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

bhumi-sanrakshyan

सामान्य खालका अप्रेशन गर्ने, शल्यक्रिया सहितको प्रसुति सेवा दिने भनेर गत बर्ष अस्पताल आएका एमडिजिपी डा. महेश सिलवाल केही समय अघि जिल्ला छोडेर गएपछि शल्यक्रियाका सवै सेवा बन्द भएका छन् । स्वास्थ्य मन्त्रालयको छात्रबृत्ति कोटामा दुई बर्षको लागी करारमा नियुक्त भएर आएका डा.सिलवाल एक बर्ष विताएर फर्किएका हुन् । अस्पतालमा आवश्यक पुर्वाधार नभएको, वेहोस बनाउने एन्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफु फर्किएको उनले बताए । सात जना विशेषज्ञ चिकित्सक सहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । छात्रबृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतहरुले दुई बर्ष अघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रबृत्ति करार सेवामा ४ जना डाक्टर कार्यरत छन् ।

लामो समय देखि उनीले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ । अस्पताल विकास समितिबाट पाउनु पर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदा सम्म विरोध स्वरुप आफुहरुले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा. भुपेन्द्रप्रकाश मल्लले बताए । यसरी विस्तारै धेरै सेवाहरु बन्द हुँदै गएपछि सेवाग्राही स्थानिय मर्कामा परेका छन् ।

अस्पतालमा कार्यरत अति न्युन संख्याका स्वास्थ्यकर्मीहरु पनि उपकरण पुर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधी दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तब्यस्त भएको स्वीकार गरे । विशेषज्ञ चिकित्सकको पदपुर्ती हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिदै गएका छन् । नयाँ पदपुर्ती हुँदैन । कसरी सेवा प्रभावकारी बनाउने उनले भने ‘करीव पाँच लाख रुपैया डाक्टरहरुले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उहाँहरुले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनु भएको छ । कसरी समाधान गर्ने ।’

चार बर्ष अघि १५ शैयाबाट ५० शैया बनाईएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा ब्यवस्थापक, बालरोग, स्त्रीरोग, वेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात जना विशेषज्ञ, तीन जना मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ । त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स ८ मध्य ७ रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिष्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले पदपुर्तीका लागी सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाई हुन नसकेको गुनासो गरे ।

अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधीमा एक जना पनि विरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्याबश्यक औषधी समेत छैन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya