भेरी नगरपालिकाको विधान सभा सुरु

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिकाको विधान सभा शुक्रवार सुरु भएको छ । तल्लोथाप्ले स्थित भेरीज्ञानोदय क्याम्पसको सभाहलमा नगरपालिकाको विधान सभा सुरु भएको हो । सभामा दफावार छलफलका लागि दुई वटा ऐन, तिन वटा नीति र चार वटा कार्यविधिको मस्यौदा प्रस्तावित गरिएको छ ।

भेरी नगरपालिकाको छैटौं नगर सभाको पहिलो दिन बिषयगत समितिका संयोजकहरुले विषयगत ऐन, नीति तथा कार्यविधिको मस्यौदा उपर दफावार छलफल गरेर पास गर्न विधान सभमा प्रस्तावित गरेका छन् । प्रस्तावित ऐन, नीति तथा कार्यविधिका मस्यौदाहरुमा दफावार छलफल गरि विधान सभाको दोस्रो दिन पास गरिने विधान सभाध्यक्ष तथा नगर प्रमुख चन्द्र प्रकास घर्तीले बताए । नगर प्रमुख घर्तीले भने–‘कतिपय कार्यविधिहरु नगर कार्यपालिकाको बैठकबाट पास गरेर कार्यान्वयनमा आईसकेका छन् । त्यसलाई कानुनी मान्यता दिन हामी यस विधान सभाबाट पास गर्नेछौ । कतिपय नयाँ ऐन, नीति र कार्यविधि यसै विधान सभाबाट पास गरेर कार्यान्वयनमा ल्याउदैछौ र यो भन्दा अगाडीका नगर सभाबाट पास भएर कार्यान्वयनमा आएका कतिपय ऐन, नीति र कार्यविधिलाई यस विधान सभाबाट संशोधन गर्नेछौं ।’ भेरी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक–२०७६ र आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–२०७६ को मस्यौदा उपर दफावार छलफल पश्चात विधान सभाबाट पारित गरेर ऐन लागु गरिनेछ ।
विधान सभामा दफावार छलफलको लागि सुशासन नीति–२०७६, पशु तथा मत्स्यपालन नीति–२०७६ र भेरी नगरपालिकाको स्वास्थ्य नीति–२०७६ को मस्यौदालाई पास गरेर नगर नीतिलाई कार्यान्वयनमा ल्याईने बताईएको छ । त्यसैगरि विधान सभामा फोहर सरसफाई कार्यविधी–२०७६, एफ.एम. रेडियो संचालन तथा व्यवस्थापन कार्यविधी–२०७६, विपन्न नागरिक सहयोग विशेष कोष स्थापना तथा संचालन व्यवस्थापन कार्यविधी–२०७६, एम्वुलेन्स संचालन कार्यविधी–२०७६ को मस्यौदालाई दफावार छलफलका लागि पस्ताव गरिएको छ । उक्त मस्यौदा उपर दफावार छलफल पश्चात पास गरेर नगर कार्यविधिहरुलाई कार्यन्वयनमा ल्याईने बताईएको छ । न्यायिक समिति सम्बन्धि कार्यविधी ऐन–२०७५, भेरी नगरपालिकाको स्थानीय स्वास्थ्य सरसफाई ऐन–२०७४, जल उपभोक्ता समितिको नविकरणका लागि जलस्रोत नियमावली–२०७५, उपभोक्ता समितिमा रहने व्यक्तिहरु भु.पु. कर्मचारी तथा पदाधिकारीका विषयमा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन निर्देशिका–२०७५, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि–२०७५, युवा उद्यम संचालन कार्यविधि–२०७५, भेरी नगरपालिकाको कृषि कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि–२०७५ र पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि निर्देशिका–२०७५ लाई संशोधनका लागि विधान सभामा प्रस्ताव गरिएको छ ।

विधान सभाले नगर प्रहरीको भर्नासंख्या, ठकुरी समाजको कुलदेवताको मन्दीर सार्ने लगाएतका सार्बजनिक महत्वका बिषयहरुमा महत्वपूर्ण निर्णय पास गर्नुको साथै कार्यक्रम तथा बजेट संशोधन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिएका छन ।
उजयतय

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad