प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको २१ औं साधारण जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रसका केन्द्रिय सदस्य सनतकुमार कार्कीले २१ ओटा मैनबत्ति बालेर साधारण सभाको उद्घाटन गरेका थिए । सदरमुकाम खलंगामा सम्पन्न भएको साधारण सभाले जिल्लामा रेडक्रस अभियान र गतिविधिहरुलाइ तिव्रता दिने निर्णय समेत गरेको छ ।
रेडक्रस जाजरकोटका सभापति हरिवहादुर वस्नेतको अध्यक्षतामा सदरमुकाम खलंगामा आयोजित साधारण सभाले उपकोषाध्यक्ष पुर्णवहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷ ७८को लागि १६ लाख ३५ हजार रुपैयाको वजेट पारित गरेको छ । शाखाका मन्त्री धीरेन्द्रवहादुर शाहले पेस गरेको सांगठनिक प्रतिवेदन समेत संसोधन सहित अनुमोदन गरेको छ । रेडक्रस जाजरकोटका पुर्व उपमन्त्री नरनाथ वाग्ले, पुर्व कोषाध्यक्ष केशवमान भडेल तथा पुर्व सदस्य गणेशविक्रम शाहको निधन प्रति गहिरो समवेदना र मौनधारण गर्दै सुरु भएको साधारण सभाले आगामी आर्थिक वर्षमा जिल्लामा रेडक्रस गतिविधिलाइ व्यापक वनाउन विद्यालयमा जुरेस युरेस गठन तथा आजीव सदस्यहरु वढाउने कामलाइ विशेष प्राथमिकताका साथ अघि वढाउने पनि साधारण सभाले निर्णय गरेको छ ।
जिल्ला शाखाका पदाधिकारीहरु, सदस्यहरु, विभिन्न १० वटा उपशाखाका प्रतिनिधिहरु र अन्य पार्षदहरुको सहभागिता रहेको उक्त साधारण सभाको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य सनतकुमार कार्कीले नेपाल रेडक्रस आन्तरिक रुपमा केहि समस्यामा परेको भएपनि विपतमा परेका जनता र पिडितहरुको लागि सेवा गर्न हर्दम तयार रहेको वताए । उनले रेडक्रसका गतिविधिहरुलाइ विस्व रेडक्रसका सात सिद्धान्तहरु मानवता, निष्पक्षता, तटस्थता,स्वाधीनता, ऐच्छिक सेवा, एकता र विस्वव्यापकताको इमान्दारीतापुर्वक पालना गरेर रेडक्रसकर्मीहरुले मानव सेवामा लाग्नु पर्ने वताए । यस्तै कार्यक्रममा रेडक्रसको कर्णाली प्रदेश समितिका उपमहासचिव वीरवहादुर वस्नेतले रेडक्रस अभियान भनेकै दुखी र पिडित जनताको सेवा भएको हुनाले यो पवित्र कर्ममा सवैले साथ दिनु पर्ने वताए । उनले जिल्लाका हरेक विपतहरुमा रेडक्रसको साथ र उपस्थिति नै यसको विस्वव्यापी पहिचान भएको पनि वताए ।
रेडक्रस जाजरकोटका सभापति हरिवहादुर वस्नेतले जिल्लामा रेडक्रसले मानव सेवाका लागि विगतमा राम्रा काम गरेको र आगामी दिनहरुमा पनि यो कामलाइ निरन्तरता दिइने वताए । उनले जाजरकोटमा अस्पतालमा आकस्मिक रक्त सन्चार सेवा, एम्वुलेन्स सेवा, विरामी वोक्ने स्टे«चर सेवा, लगाएतका गतिविधिहरु र विभिन्न प्राकृतिक विपत्तीका वेला पिडितहरुको उद्धार र सहयोगमा आफुहरुले महत्वपुर्ण सहयोग गरको वताए ।
नेपालमा विक्रम सम्वत २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस जाजरकोटमा भने २०३४ साल पुस ४ गते स्थापना भएको थियो । हाल जाजरकोट शाखा अन्तरगत १० वटा उपशाखाहरु, ६ वटा जुनियर युवा रेडक्रस सर्कलहरु, ९ सय ६२जना आजीवन, २जना विशिष्ट र एक जना यसस्कर सदस्य, २सय १४ जना जुनियर युवा रेडक्रस सर्कलका सदस्यहरु, रहेको रेडक्रस जाजरकोटका मन्त्री धीरेन्द्रवहादुर शाहले वताए । उनले रेडक्रस अन्तरगतका सवै स्वयमसेवकहरु र अन्य संरचनाहरुको माध्यमवाट जिल्लाका विभिन्न प्रकोप पिडितहरुको उद्धार सेवा र सहयोगमा आफुहरुले काम गरिरहेको वताए ।