सार्वजनिक बाटो मिचेर बनाईएका टहरा हटाउन सुरु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाले सदरमुकाम खलंगाका मुख्य सडकमा सडक मिचेर राखिएका टहरा हटाउन सुरु गरेको छ । स्थानियले बाटो तथा सार्वजनिक जग्गा मिचेर मुख्य तथा सहायक सडक आसपासमा घुम्ति, टहरा तथा अन्य अस्थायी संरचना बनाएपछि बाटो साँघुरो भई मानिस आवतजावत गर्न र सवारी साधन संचालनमा बाधा पुगेको थियो । बाटोमा बनाईएका टहराले सदरमुकामको सौन्दर्य नै विगारेको र आवागमनमा समेत असर पुगेको ब्यापक जनगुनासो पछि नगरपालिकाले ति टहरा तथा घुम्ति हटाउन थालेको हो ।

नगरपालिकाले केही समय अघि टहरा हटाउन सार्वजनिक सुचना गरेको थियो । उक्त सुचनाको वेवास्ता गरेर अतिक्रमण गरेर बनाईएका संरचना नहटाएपछि नगरले कारवाहीको चेतावनी सहित प्रत्येक ब्यक्तिलाई पत्राचार गरेको थियो । पत्राचार पछि टहरा भत्काउन सुरु भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । उनले सदरमुकामका मुख्य चोक ठाँटी, गैरीखाली, वसपार्क लगायतका ठाँउका अतिक्रमित टहरा भत्काएर नगरका अन्य ठाँउका सडक तथा सार्वजनिक स्थलमा निर्माण गरिएका संरचना पनि क्रमशः हटाउँदै जाने बताए । सदरमुकाम खलंगा भित्र र ग्रामिण भेगमा गरी भेरी नगरभित्र करीव तीन सय ब्यक्तिले अतिक्रमण गरि संरचना निर्माण गरेका छन् । अतिक्रमण गरि बनाईएका संरचना हटाउने कार्य सह्रानिय भएको भेरी ३ का स्थानिय कर्णबहादुर खत्रीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad