March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

गरीवी न्युनिकरणमा साना किसान कृषि सहकारी संस्था सक्रिय

बासुदेव शर्मा । जाजरकोट

भेरी नगरपालिका २,४ र ५ लाई लक्षित गरि गठन गरेको खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ लाख ९७ हजार वरावरको आय व्यय प्रस्तुत गर्दै प्रारम्भीक साधारण सभा सम्पन्न भएको छ । सहकारीको पुजीलाई बृद्धी गर्न आय आर्जनमा सुधार ल्याउन १० जना सदस्यलाई व्यवसाय संचालनको लागी लगानी वितरण गर्ने लगाएत लेखा समिति गठन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

नेपाल सरकारले सहकारीमा तिन खम्बे निति लागु गरी गरिवी न्युनिकरणका गर्न २०३२ सालमा कृषि विकास वैकले साना किसान विकास आयोजनाका रुपमा संचालन गरेको हो । हाल साना किसान विकास वैक मार्फत संंचालित साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्थापना भएको छ । गरिवी न्युनिकरण गर्दै छरिएर रहेको पुजीलाई एकैठाउँबाट संचालन गरि आय आर्जनमा सुधार ल्याउन २०७५ साल माघ ७ गते भेरी नगरपालिका २,४र ५ वडामा सरोकारवालाहरुको उपस्थितिमा योगमाया कार्कीको अध्यक्षतामा साना किसान कृषि सहकारी संस्था गठन भएको हो ।
गरिव साना किसान महिलाहरुलाई संगठित गरि, छरिएर रहेको सानो पुजीलाई एकृकित गरी ग्रामीण पुँजी निर्माण गरी आय आर्जनमा सुधार ल्याउन साना किसान कृषि सहकारी संस्था लिमिटेडको भेरी नगरपालिकामा दर्ता गरी कार्यक्रम अगाडी वढाएको छ ।
समावेशीताका माध्यमबाट निर्माण भएको सहकारी संस्थामा दलित, जनजाति, महिला आवद्ध भएका छन् । करिव दुई सय भन्दा बढी शेयर सदस्य रहेको संस्थाले शेयर वचत,समुह वचत, बैकबाट आम्दानी, प्रबेश शुल्कबाट प्राप्त ४ लाख ९७ हजार २ सय वरावरको आय व्यय अध्यक्ष योगमाया कार्कीले प्रस्तुत गर्नु भएको थियो ।
समुहले आगामी माघ देखी आन्तरिक स्रोत बृद्धीका लागी थोरै पुजी भएपनि १० जना सदस्यलाई बाख्रा पालन, कुखुरा पालन र पशुपालनको लागी सामुहिक जमानतमा २० हजार र २५ हजार रुपैया दिने निर्णय गरेको छ ।
भेरी नगरपालिकाका नगर उपप्रमुख भावना भण्डारीले स्थानिय सरकारबाट कृषि, पशुपालन लगाएतका कार्यक्रम सहकारी संस्था मार्फत संचालन गरेकोले आय आर्जनका कार्यक्रमहरु समुह सहकारी संस्थालाई मार्पmत संचालन गर्दै आएको वताउनु भयो । बर्तमान अवस्थामा किसानको आय आर्जनमा बृद्धी गरी आत्मनिर्भर बनाउने भएकोले समुह सहकारी संस्था मार्फत कार्यक्रम संचालन गरेको उपप्रमुख भण्डारीले भन्नु भयो । कृषि पेशाबाट किसानलाई आत्मनिर्भर गराउने लक्ष्य लिएकोभेरी नगरपालिकाले कृषि पशुपालन लगाएत आय आर्जनका कार्यक्रम मागको आधारमा वितरण गरेको उप प्रमुख भण्डारीले वताउनु भयो ।
जिल्ला सहकारी संघका सचिव राजुु केसीले वर्तमान अवस्थामा सहकारीको भुमीका ठुलो भएकोले छरिएर हरेको सानो सानो पुजीलाई जम्मा गरि लगानी गर्दा कृषकहरुको आय आर्जनमा सुधार हुने, किसानको बचत गर्ने वानीको विकास हुने भएकोले कृषि सहकारी संस्था आवश्यक रहेको वताउनु भयो । आफुलाई लामो समय सहकारी संचालनको अनुभव भएकोले आवश्यक सल्लाह सुझाव दिने वताउनु भयो ।
कृषि विकास कार्यालयका प्राविधिक सहायक लाल बहादुर भण्डारीले कृषिका कार्यक्रमहरु सहकारी मार्फत संचालन गर्ने निति सरकारले ल्याएकोले संस्थाले आवश्यक प्रस्ताव पेश गरे कार्यक्रम दिने वताउनु भयो । खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले विशेष गरी पशुपालन, कुखुरापालन लगाएत कृषि क्षेत्रलाई सुधार गर्न महत्वपुर्ण भुमीका निर्बाह गर्न आग्रह गर्नु भयो ।
स्थानिय सरकारबाट संचालन हुने आय आर्जनका कार्यक्रमहरु ब्यक्तिगत भन्दा सहकारी, समुहलाई प्राथमिकता दिने व्यवस्था नेपाल सरकारले ल्याएसगै नागरिकहरुको सहकारी प्रति चासो वढदै गएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad