April 29 - 2024, Monday१७ बैशाख २०८१, सोमबार

‘परिवर्तनका नाममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान बिर्सनु हुँदैन’

प्रवाह संवाददाता । जाजरकोट

नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद राजीव विक्रम शाहले परिवर्तनका नाममा हामीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने बताउनु भएको छ । २८९ औ पृथ्वी जयन्तीका अवसरमा उहाँले यस्तो बताउनु भएको हो । परिवर्तनका नाममा पुर्खाले देखाएको दर्शन र योगदानलाई बिर्सन नहुने बताउँदै नेता शाहले आफ्नो विचारधारा र विश्वासको बाबजुद पृथ्वीनारायण शाह र उनको नीतिहरूबाट देश कसरी सञ्चालन गर्ने भन्ने कुरा पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जात, धर्म र भुगोलका आधारमा भेदभाव बढेको भन्दै बर्तमान परिवेशमा राष्ट्रिय एकता, अखण्डता, स्वाधिनता र राष्ट्रियताका कुरामा राष्ट्र निर्माता शाहको सिद्धान्तलाई अगाल्न सुझाउनु भएको छ । यतिवेला देशमा गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तमाम समस्याहरु भएको भन्दै त्यसतर्फ सबैले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई रहेको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनतालाई एक आपसमा लडाउन खोज्नु गलत्त भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले राष्ट्र निर्माता शाहलाई सम्झेर देखाएको यो उदारताले एक अर्काको सम्मानको भावनालाई जागृत गरेको उहाँले बताउनुभयो । आजका दिनमा नेपालीहरुलाई अनेक बहानमा विभाजन गर्न खोजिएको भन्दै सचेत हुनुपर्नेमा पनि उहाँको भनाई छ । पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर पृथ्वी जयन्ती मनाउने गरिन्छ । जाजरकोटमा पनि आईतवार ठकुरी समाज सञ्जाल जाजरकोट र राप्रपाले पृथ्वी जयन्ती धुनधामका साथ मनाएका छन् । पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा नदिईएको प्रति सर्मथक र कर्मचारीले असन्तुष्टि ब्यक्त गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad