बासुदेव शर्मा । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका स्थित दल्ली ईलाका प्रहरी कार्यालयमा कार्यरत एक जना हवल्दारले आफनो कंन्चटमा आफैले पेस्तोल प्रहार गरेर आत्महत्या गरेका छन् । उनले आफुले वोकेको पेस्तोल आफ्नै टाउँकोमा प्रहार गरेर आत्महत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोज बहादुर कठायतले आईतवार विहान आफनो टाउँकोमा आफैले पेस्तोल प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी महेश कुमार आचार्यले जानकारी दिए ।
प्रहरी हवल्दार कठायतले किन आत्महत्या गरेका हुन भन्ने विषयमा कुनै जानकारी नभएको प्रहरी निरिक्षक आचार्यको भनाई रहेको छ । घटनाको जाँच वुझ गर्न अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय जाजरकोटबाट प्रहरी निरीक्षक हेरम्व प्रसाद पाण्डेको नेतृत्वमा मुद्धा फाँटमा कार्यरत प्रहरी टोली दल्ली ईलाका प्रहरी कार्यालय तर्फ गईसकेको प्रहरी निरिक्षक आचार्यले जानकारी दिए ।