प्राविधिक शिक्षालयलाई सामग्री हस्तान्तरण

lagu ausadhi biruddha abhiyan jajarkot

बासुदेव शर्मा । जाजरकोट

प्रधानमन्त्री आधुनिकिकरण परियोजना मौरी तथा सुन्तला जोन जाजरकोटले प्राविधिक विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । नलगाड नगरपालिका ७ दल्लीको त्रिभुवन माध्यामिक विद्यालयमा संचानल भएको कृषि तर्फ आईएसी एजीको विषयलाई व्यवस्थित गर्न सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई पठनपाठन लगाएत व्यवहारीक ज्ञान क्षमताको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्न कृषि तर्फको पठनपाठनलाई व्यवस्थित गर्न विद्यालयको सम्पतिको रुपमा एक लाख वरावरको पोली हावस निर्माण गरेको छ । विद्यालयलाई आवश्यक पर्ने प्लाष्टिक टनेल प्रोजेक्टर, ल्याप्टप, कम्प्यूटर २ वटा, डेस्कट, रंगिन प्रिन्टर र मौरी घार लगाएत उपकरणका सामग्री प्रधानमन्त्री आधुनिकिकरण परियोजना मौरी तथा सुन्तला जोन जाजरकोटका प्रमुख टंक प्रसाद रिजालले त्रिभुवन माध्यामिक विद्यालय दल्लीका प्रधानध्यापक ज्ञानेन्द्र बहादुर सिह र नगरप्रमुुख टेक बहादुर रावललाई हस्तान्तरण गरेका हुन् ।

केहि वर्ष पहिले जाजरकोटबाट कृषि तर्फको पठनपाठन गर्न विद्यार्थीहरु जिल्ला वाहिर जानु पर्ने अवस्था थियो । जिल्लामै कृषि तर्फको पठनपाठन हुने गरेकोले थोरै भएपनि सहयोग गरेर सिकाईलाई प्रभावकारी वनाई जिल्ला वाहिर पढेका विद्यार्थीहरुसग प्रतिस्पर्धा गर्न सक्ने वनाउन सामाग्री वितरण गरेको हो ।विद्यार्थीले सिक्ने पहिलो स्थान विद्यालय भएकोले कृषि तर्फको पठनपाठनलाई व्यवस्थित व्यवहारीक जिबन उपयोगी वनाउनको लागी विद्यालय, कार्यालयको सहकार्यमा विद्यालयको सम्पत्ति रुपमा जाजरकोटका दुई वटा कृषि तर्फक विद्यालयलाईसामाग्री वितरण गरेको कार्यालय प्रमुख रिजालले वताए ।

नलगाड नगरपालिकामा मौरी पालनको सम्भावना भएकोले विद्यार्थीहरुलाई विद्यालयबाटै मौरीपालनको ज्ञान सिप हासिल होस भन्ने उद्धेश्यले मौरी जोन अन्तर्गत विद्यार्थीहरुलाई सिकाई प्रभावकारी वनाउन कार्यक्रमहरु संचालन गर्ने प्रमुख रिजालले वताए ।
नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले १३ वटै वडाहरुमा सम्भाव्यता अध्ययन गरि कृषिको पकेट क्षेत्रका रुपमा नगरपालिकाले घोषण गरेकोले कृषि तर्फ अध्ययन अध्यपन गर्ने विद्यार्थीहरुलाई पढेर जागिर खोज्नु भन्दा पनि व्यवसायीक वन्न आग्रह गरे । कृषिका क्षेत्रमा धेरै सम्भावना बोकेको नगर भएकोले कृषि पेशालाई व्यवाहारिक वनाउनु सुझाव दिएका थिए ।

किसानलाई हेप्ने प्रवृतिले कृषि पेशा दिन प्रतिदिन घट्दै गएकोले कर्मचारी भन्दा किसानलाई सम्मान गर्न आग्रह गरेका छन् । कर्मचारी कार्यालयको निर्देशन अनुसार काम गर्नु पर्छ, तर किसान आफनो ईच्छा अनुसार कामगर्ने भएकोले कर्मचारी भन्दा किसानलाई सम्मान गर्न नगर प्रमुख रावलले आग्रह गरे । हामीले शिक्षा आर्जन गरेपनि काम गर्ने शिक्षा आर्जन नगरेकोले व्यववसायीक, व्यवाहारिक, उत्पादनमुखी शिक्षा आर्जन गरि आयआर्जनमा बृद्धि गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

किसानलाई आत्मनिर्भर गराउन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर संचालन गरेका कार्यक्रमबाट किसानहरुले उत्पादनमा बृद्धी गरेकोले खुशी व्यक्त गरे । आधुनिक प्रविधिको कृषि पेशा गर्ने किसानलाई नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख रावलले वताए ।
त्रिभुवन माध्यामिक विद्यालयका प्रधानध्यापक ज्ञानेन्द्र बहादुर सिहले स्थानिय सरकारले दिएको सल्लाह सुझावलाई आत्मसाथ गर्दै विद्यालयको प्रगति उन्नती तर्फ लाग्ने वताए । प्रधानमन्त्री आधुनिकीकरण मौरी तथा सुन्तला जोन परियोजनाले विद्यार्थीहरुलाई शिक्षण सिकाईलाई प्रभावकारी वनाउन गरेको सहयोग प्रति खुसी व्यक्त गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad