स्थानिय रातभर त्रसित, सेना द्धारा डिस्पोज
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा स्थित थाप्ले जाने सडकमा बुधवार राती ८ बजेतिर बम राखिएको हल्ला क्षणभरमै बजारभरी फैलियो । त्रसित स्थानियले तत्काल सुरक्षाकर्मीलाई खवर गरे ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली बम राखिएको ठाँउमा आईपुग्यो । रातभर सुरक्षा दिएर विहिवार विहान मात्र नेपाली सेनाको बम डिस्पोजल टिमले बम निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनले प्रतिबन्धित विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको आशंका गरेका छन् । दुध बोक्ने किट्लीमा दुई ओटा डिटोनेटर राखेर बनाईएको इम्प्रोभाईट बम ( किट्ली बम ) रहेको प्रहरीले जनाएको छ ।