को हुन् नेकपाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका पारशमणी ?

राजेन्द्र कार्की । जाजरकोट

सहकर्मी हरु पटक पटक लाभको पद लिने अवसर पाएपनि खासै अवसर पाउन नसकेका नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव माया प्रसाद शर्मा पारशमणी लाई पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गत निर्वाचनमा कर्णाली प्रदेश सभाको सदस्य बनेर मुख्यमन्त्री बन्ने अभिलासा बोकेका शर्माले टिकट नपाएपछि उनको सपना तुहिएको थियो । टिकट पाएको भए उनी नै यस क्षेत्रका सिनियर नेता भएकोले मुख्य मन्त्री हुने प्रबल संभावना थियो । त्यही संभावना देखेर पार्टी भित्रबाटै उनलाई छेक्ने काम भयो । त्यतिवेला देखि नै असन्तुष्ट बनेका उनी पार्टी एकता पछि कर्णाली प्रदेश समितिको सचिवमा थन्किाईएपछि पुनः असन्तुष्टि पोख्दै सामाजिक सञ्जालबाटै पद नस्वीकार गर्ने घोषणा गरे । तर नेताहरुले केही उचित ठाँउमा अवसर दिने आश्वासन पछि उनी पद बहाली गर्न राजी भए । पुर्व आश्वासन र सहमति अनुसार नै यसपटक उनी नेकपाको रोजाईमा परेका हुन्

bhumi-sanrakshyan

२०२० साल असार १५ गते जाजरकोट भेरी नगरपालिका १२ जगतिपुरमा जन्मिएका उनी २०३८ सालमा अखिल विद्यार्थीको सदस्य, २०४२ सालमा शिक्षक संगठनमा आवद्ध, २०४७ साल देखि पार्टी राजनितिमा संलग्न नेकपा मसालको जिल्ला कमिटी सदस्य, संयुक्त जनमोर्चाको जिल्ला उपाध्यक्ष, नेकपा माओवादीबाट २०५१ मा भुमिगत २०६३ साल सम्म, केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य हुँदै सचिवालय सदस्य सम्म भएका थिए । २०६४ सालको संविधान सभाको निर्वाचन पछि २०६५ सालमा समानुपातिक सभासद, २०६९ सालमा नेकपा माओवादी विभाजन पछि बैद्य समुहमा लागेका थिए । रामबहादुर थापा बादल सँगै एकिकृत माओवादीमा पुनरागमण भएका नेता शर्माले भुमिगत कालमा डोटी, कैलाली, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट र बाजुरा जिल्लामा युद्ध मोर्चाको नेतृत्व गरेका थिए ।

आईए सम्मको अध्ययन पुरा गरेका उनका माईला भाई इन्द्रलाल, बहिनी ममिता ,ज्वाँई बुद्धि चपाई र ठुलो बुवाका छोरा भद्रलाल ससस्त्र युद्धमा गुमाउन पुगे । साधा जीवन र सरल स्वभावका शर्माका भाई रामदीप आचार्य नेकपाकै केन्द्रिय सदस्य छन् । भाई बुहारी कृष्णा शाह कर्णाली प्रदेश सभा सदस्य छन् । उनले आफ्नो मुल्यांकन गरेर उम्मेदवार बनाउने निर्णय गरेकोमा पार्टीलाई धन्यवाद दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya